बिहीबार, असार ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सिद्धार्थ बैंकलाई 'भिसा इन्टरनेसनल'का तीन उत्कृष्ट अवार्ड

सिद्धार्थ बैंकलाई 'भिसा इन्टरनेसनल'का तीन उत्कृष्ट अवार्ड

 |  शुक्रबार, मंसिर १२, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १२, २०८२

 

National life

काठमाडौं-सिद्धार्थ बैंक लिमिटेडले विश्वप्रसिद्ध भुक्तानी सेवा प्रदायक संस्था ‘भिसा इन्टरनेसनल’बाट तीनवटा प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ।बैंकलाई भिसाको ‘एसोसिएट क्लाइन्ट’का रूपमा रहेको साझेदारीअन्तर्गत आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ’ कार्यक्रममा सम्मानित गरिएको हो।

बैंकले डिजिटल भुक्तानी सेवामा देखाएको उत्कृष्ट प्रदर्शन, व्यावसायिक साझेदारीप्रतिको प्रतिबद्धता र ग्राहक केन्द्रित सेवाको उच्च मूल्याङ्कन गर्दै भिसाले यी अवार्डहरू प्रदान गरेको हो।बैंकले एक्सिलेन्स इन कन्जुमर क्रेडिट कार्ड्स, एक्सिलेन्स इन प्रिपेड कार्ड्स र एक्सिलेन्स इन पीओएस अक्वायरिङ अवार्ड प्राप्त  गरेको हो।ग्राहकलाई सुरक्षित, छरितो तथा आधुनिक डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यअनुरूप बैंकले कार्ड र पीओएस सेवामा उल्लेखनीय बजार विस्तार गरेको जनाएको छ।

तथ्याङ्कअनुसार असार मसान्तसम्ममा बैंकिङ क्षेत्रबाट कुल करिब ३ लाख १८ हजार क्रेडिट कार्ड जारी भएकोमा सिद्धार्थ बैंकको हिस्सा मात्रै करिब ६० हजार ९करिब १९ प्रतिशत० रहेको छ। संख्या मात्र नभएर कारोबारको हिसाबले पनि बैंकले करिब १५ प्रतिशत हिस्सा ओगटेको छ।त्यस्तै, सोही अवधिसम्म बजारमा २ लाख ५० हजार प्रिपेड कार्ड जारी भएकोमा सिद्धार्थ बैंकको हिस्सा करिब ३४ हजार रहेको छ।

पीओएसतर्फ उद्योगस्तरमा करिब १ करोड २५ लाख कारोबार हुँदा सिद्धार्थ बैंकमार्फत करिब ९ लाख ३६ हजार कारोबार भएको छ, जुन बजारको करिब ८ प्रतिशत हिस्सा हो।अन्तर्राष्ट्रिय स्तरको यस सम्मानले बैंकको सेवा गुणस्तर र नवप्रवर्तन क्षमतालाई थप सुदृढ बनाएको बैंकले जनाएको छ।

Shivam cement

बैंकले आगामी दिनमा पनि आधुनिक प्रविधिको अधिकतम प्रयोग गर्दै डिजिटल भुक्तानी प्रणालीको विस्तार र ग्राहक सन्तुष्टि अभिवृद्धिमा प्रतिबद्ध रहने विश्वास व्यक्त गरेको छ।

प्रकाशित: Nov 28, 2025| 13:47 शुक्रबार, मंसिर १२, २०८२
प्रतिक्रिया दिनुहोस्