बुधबार, माघ २१, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • एमाले अध्यक्षमा ईश्वर पोखरेलको दाबी, ओलीले नेतृत्व हस्तान्तरण गर्ने विश्वास

एमाले अध्यक्षमा ईश्वर पोखरेलको दाबी, ओलीले नेतृत्व हस्तान्तरण गर्ने विश्वास

 |  मंगलबार, मंसिर ९, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ९, २०८२

काठमाडौं। नेकपा (एमाले)भित्र नेतृत्वको रस्साकस्सी सुरु भएको छ। मंगलबार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उमेदवारी घोषणा गरेसँगै एमालेको भावी अध्यक्षका लागि रस्साकस्सी सुरु भएको हो।

National life

मंगलबार विज्ञप्ति जारी गर्दै उनले पार्टीको आसन्न ११औँ महाधिवेशनमा अध्यक्षको उमेदवार बन्ने घोषणा गरेका हुन्।

‘पार्टी निर्माणसम्बन्धी माथि उल्लेखित विचारको आधारमा ११औँ राष्ट्रिय महाधिवेशनमा पार्टी अध्यक्ष पदको उमेदवारको रूपमा प्रस्तुत हुने निष्कर्षमा पुगेको छु। पार्टी पुनर्गठन र रूपान्तरणका लागि देशभरिका साथीहरूले गर्नुभएको आग्रह र सुझावलाई स्वीकार गरेर अध्यक्ष पदमा उमेदवारी घोषणा गरेको हुँ,’ विज्ञप्तिमा उल्लेख छ।

पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकारात्मक भूमिका खेल्ने अपेक्षा व्यक्त गरेका छन्। ‘पार्टीका कमरेडहरूको योग्यता, क्षमता र रुचिअनुसार जिम्मेवारी प्रदान गर्दै सामूहिक नेतृत्व र पहलमार्फत नेकपा ९एमाले०लाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गर्न म प्रतिबद्ध छु,’ उनले भनेका छन्।

‘पार्टीको आन्तरिक लोकतन्त्रसम्बन्धी आफैँले अघि सारेका मान्यतालाई सम्मान गर्दै पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकरात्मक भूमिका निर्वाह गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु। अभिभावकीय भुमिका मार्फत सहज निकासका लागि पार्टी अध्यक्ष कमेरडलाई अनुरोध गर्दछु,’ उनले विज्ञप्तिमा भनेका छन्।

Laxmi sunrise bank

पोखरेलले यही मंसिर १३ गते हुने महाधिवेशन प्रतिनिधि छनोटमा विवेक पु¥याउन पनि आह्वान गरेका छन्।

प्रकाशित: Nov 25, 2025| 18:29 मंगलबार, मंसिर ९, २०८२
प्रतिक्रिया दिनुहोस्