मंगलबार, मंसिर ९, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • चार महिनामा वीरगञ्ज भन्सारको राजस्व संकलन ७५ अर्ब ५८ करोड

चार महिनामा वीरगञ्ज भन्सारको राजस्व संकलन ७५ अर्ब ५८ करोड

 |  सोमबार, मंसिर ८, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ८, २०८२

वीरगञ्ज- वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनामा ७५ अर्ब ५८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।

National life

भन्सार विभागले कार्यालयलाई चालु आवको चार महिनामा ८९ अर्ब २४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरे पनि सो अवधिमा लक्ष्यको ८५ प्रतिशत मात्रै राजस्व संकलन भएको हो। चालु आवको साउन, भदौ र असोज महिनामा राजस्व संकलन उत्साहजनक भए पनि कात्तिक महिनामा भने राजस्व संकलन उत्साहजनक देखिएको छैन।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले कात्तिक महिनामा जेनजी आन्दोलन, छठपर्व, बाढीलगायतका कारणले पनि राजस्व संकलन लक्ष्यअनुसार हुन नसकेको बताए।

‘चालु आवको तीन महिनामा राजस्व संकलन लक्ष्य उन्मुख भइरहेको थियो,’ उनले भने, ‘कात्तिक महिनामा रु २३ अर्ब ६३ करोड लक्ष्य राखिएकामा सो अवधिमा रु १७ अर्ब ३३ करोड राजस्व सङ्कलन भएको छ।’

वीरगञ्ज भन्सार कार्यालयका अनुसार साउन महिनामा १८ अर्ब ४४ करोड रुपैयाँ, भदौ महिनामा २० अर्ब ७३ करोड रुपैयाँ, असोज महिनामा १९ अर्ब नौ करोड रुपैयाँ र कात्तिक महिनामा भने १७ अर्ब ३३ करोड रुपैयाँ राजस्व संकलन भएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 24, 2025| 12:46 सोमबार, मंसिर ८, २०८२
प्रतिक्रिया दिनुहोस्