बिहीबार, साउन १४, २०८३

ओली सरकारविरुद्ध अब कांग्रेस अदालत जाने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाली कांग्रेस संवैधानिक परिषद्विरुद्ध अदालतमा जाने भएको छ । संवैधानिक परिषद्को गत माघ ६ गते बसेको बैठकमा प्रतिपक्षी दलका नेता एवम् सभापति शेरबहादुर देउवालाई जानकारी नै नगराई विभिन्न आयोगमा अध्यक्ष सिफारिस गरेको विरोधमा कांग्रेस अदालतमा जान लागेको हो ।

कांग्रेसको सोमबार जारी केन्द्रीय समिति बैठकले प्रतिपक्षी दलका नेताको उपस्थितिबिना नै आयोगहरूमा अध्यक्ष तोक्ने निर्णय गरेर सरकारले संविधानको ठाडो उल्लंघन गरेको निष्कर्ष निकालेको हो । यसबारे कानुनविद्हरूसँग परामर्श गरी अदालतमा जान लागिएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

परिषद् बैठक बस्नुभन्दा २४ घन्टा पहिले प्रतिपक्षी दलका नेतालाई चिठी काट्नुपर्ने कानुनी प्रावधान छ । तर प्रमुख प्रतिपक्षी दलका नेतालाई कुनै जानकारी नै नदिएको आरोप कांग्रेसले लगाएको छ । संसदीय सुनुवाइ समितिका सदइहरूले माग्दा पनि परिषद्ले चिठी उपलब्ध नगराएर सरकारले दम्भ देखाएको ठहर कांग्रेसको छ ।

परिषद् बैठकले विभिन्न आयोगहरूमा अध्यक्ष तोक्ने निर्णय गरेको थियो । चार सदस्यीय संवैधानिक परिषद्मा प्रमुख प्रतिपक्षी दलका नेता सदस्य हुने संवैधानिक प्रावधान छ ।

नेपालको संविधानको धारा २८४ उपधार १ (ङ) मा प्रतिपक्षी दलको नेता परिषद् सदस्य हुनुपर्ने व्यवस्था छ । बैठकबारे प्रतिपक्षी दलका नेतालाई ४८ घन्टाअघि नै सूचना दिनुपर्ने कानुनी व्यवस्था छ । बैठकले निर्णय गर्दा चार पटक सम्म सहमतिका लागि प्रयास गर्ने र नभएमा बहुमतको आधारमा निर्णय गर्ने व्यवस्था छ ।

बैठकका सम्बन्धमा प्रमुख प्रतिपक्षी दलका नेतालाई पठाइएको पत्रका सम्बन्धमा बुझ्न जाँदा परिषद् सचिवालयले उपलब्ध गराउन नसकेको कांग्रेसले जनाएको छ । ‘संवैधानिक परिषद्ले पत्र काटेको जानकारी दिनै मानेन ।  यसबारे हामी कानुनविद्सँग छलफल गर्नेछौं’, बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले भने ।

बैठकमा बोल्ने सदस्यहरूले डा. गोविन्द केसीको जीवनरक्षाका लागि सशक्त कदम चाल्नुपर्ने धारणा राखेका थिए । यस्तै बूढीगण्डकी आयोजना गेजुवालाई दिँदा आर्थिक अनियमितता भएको, निजगढमा विमानस्थल बनाउने क्रममा धेरै रुख काट्न खोजेको र वाइड बडी खरिदमा भएको भ्रष्टाचारबारे नेताहरूले आआफ्ना धारणा राखेका थिए ।

बैठकले यिनै विषयमा आगामी २१ गते देशव्यापी रुपमा हुने विरोधसभा गर्ने निर्णय गरेको छ । बैठकमा केन्द्रीय सदस्य बद्री पाण्डेले राष्ट्रियसभा बैठकबारे जानकारी गराएका थिए । यस्तै गगन थापा, सुरेन्द्र पाण्डेलगायतका नेताहरूले सरकारको आलोचना गर्दै कांग्रेस सशक्त रूपमा अघि बढ्नुपर्ने धारणा राखेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।