बिहीबार, साउन १४, २०८३

अनशनको २१ औं दिन : बोल्नै छाडे डा केसी 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
इलाम- २१ दिनदेखि अनशनरत डा. गोविन्द केसी बोल्नै नसक्ने भएका छन् । शरिर गल्दै जानुका साथै मुटुको चाल र अन्य विभिन्न खाले समस्या बढ्दै गएपछि उनको बोली समेत रोकिएको छ ।
 
उपचारमा संलग्न त्रिवि शिक्षण अस्पतालका डा. प्रमेश श्रेष्ठका अनुसार डा केसीको मुटुमा समस्या बढ्दै गएको छ। अनियन्त्रित ढङ्गले मुटु चल्नुका साथै  स्वासप्रश्वास पनि समस्या देखा परेको छ ।

केसीलाई अहिले रिंगटा लाग्ने, छाती दुख्ने र सास लिन गाह्रो हुने समस्या देखिएको डा श्रेष्ठले जनाकारी दिए । उनको शरीरमा पोटासियम अत्यन्त न्यून भएको पनि चिकित्सकहरुले जनाएका छन् ।  

नजिक आउने चिकित्सकसँग उनी इसाराले मात्रै कुरा गर्न थालेका छन् । उनको इसारा र मनस्थिति बुझेर काम गर्नुपर्ने अवस्था रहेको चिकित्सकहरु बताउँछन् । अन्य आगन्तुकसँग उनले बोल्न छाडेका छन् भने औषधी समेत लिन मानेका छैनन् । औषधी नलिएका कारण समस्या झनै बढ्न थालेको डा श्रेष्ठले जानकारी दिए । 

रगत पातलो पार्ने र मुटुको समस्या रोक्ने दुई किसिमको औषधी दिन खोजिएको थियो। तर उनले नमानेका केसीका भाइ किशोरले बताए। प्रतिरक्षा प्रणाली बलियो बनाउन आवश्यक स्वेतरक्त कोष (डब्लुबीसी) घट्दै गएको छ। 

पुस २५ गतेदेखि उनले इलामबाट सोह्रौं अनशन शुरु गरेका थिए। स्वास्थ्य अवस्था बिग्रँदै गएपछि सरकारले हेलिकोप्टरबाट उनलाई शिक्षण अस्पताल ल्याएको थियो। डा केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपनि अहिलेसम्म सरकारले वार्ताको लागि पहल समेत गरेको छैन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।