सोमबार, भदौ १५, २०८३

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

 |  बिहीबार, मंसिर ४, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ४, २०८२

काठमाडौं- अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको छ। बुधबारको तुलनामा आज दुवै धातुको मूल्य बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा आज सुनको मूल्य तोलामा रु ७०० ले बढेको छभने त्यति नै परिमाणको चाँदी रु ३५ ले बढेको छ। आज एक तोला सुनको मोल रु दुई लाख ४३ हजार निर्धारण भएको छ। त्यसैगरी, चाँदीको मूल्य प्रतितोला रु तीन हजार १८५ कायम भएको छ। 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ। 

प्रकाशित: Nov 20, 2025| 11:11 बिहीबार, मंसिर ४, २०८२
प्रतिक्रिया दिनुहोस्