बिहीबार, असार ११, २०८३

सुनचाँदीको मूल्य बढ्यो

 |  बुधबार, मंसिर ३, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ३, २०८२
National life
Shivam cement

काठमाडौं- अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय बजारमा पनि परेको छ। मङ्गलबारको तुलनामा आज दुवै धातुको मूल्य बढेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा आज सुनको मूल्य  तोलामा रु दुई हजार ८०० ले बढेको छभने त्यति नै परिमाणको चाँदी रु ६० ले बढेको छ। आज एक तोला सुनको मोल रु दुई लाख ४२ हजार ३०० निर्धारण भएको छ। त्यसैगरी, चाँदीको मूल्य प्रतितोला रु तीन हजार १५० कायम भएको छ। 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: Nov 19, 2025| 11:03 बुधबार, मंसिर ३, २०८२
प्रतिक्रिया दिनुहोस्