काठमाडौं- स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ। आज सुनको मूल्य तोलाको रू तीन हजार आठ सय र चाँदीको मूल्य तोलामा रू ६५ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रू दुई लाख ३९ हजार ५०० र चाँदी प्रतितोला रू तीन हजार ९० मा खरिदबिक्री हुनेछ।
अन्तरराष्ट्रिय बजारमा आज सुन प्रति औंस चार हजार १७ अमेरिकी डलर हाराहारीमा कारोबार भईरहेको छ।