बिहीबार, साउन १४, २०८३

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- आज माघ १४ गते सोमबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

नेपाललाई ऐतिहासिक एकदिवसीय सिरिज

नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो ऐतिहासिक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज जितेको छ। दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा भएको सिरिजमा युएईलाई २-१ ले पराजित गर्दै पहिलो ऐतिहासिक सिरिज जितेको हो।  

कांग्रेस आन्दोलन : साँझ राँके जुलुस, बेलुका बालुवाटार !

'मेडिकल माफिया पोस्‍ने' विधेयक रोक्‍ने भन्दै शुक्रबार कांग्रेसले संसद् बैठकमा हंगामा मच्चायो। तर केही सीप लागेन, सुरक्षा घेरामा सरकारको विधेयक जस्ताको तस्तै पारित भयो। कांग्रेस निकै आक्रामक देखियो।  त्यही दिन आकस्मिक पत्रकार सम्मेलन पनि भयो, कडाकडा प्रतिक्रिया बाहिर आए।

थुनामुक्त भएको एक महिनापछि दिपक मनाङ्‍गेले लिए सपथ

एक महिना अघि थुनामुक्त भएका दिपक मनाङ्गे भन्ने राजीव गुरुङले निर्वाचित भएको १४ महिनापछि सपथ ग्रहण गरेका छन्।  पुस ५ गते थुनामुक्त भएका दीपक मनाङ्गे भन्ने राजीव गुरुङलाई सोमबार गण्डकी प्रदेशका प्रदेशसभा सभामुख नेत्र अधिकारीले सपथ ग्रहण गराएका हुन्। 

हिउँले ढाकियो धर्तीको स्वर्ग

सुदूरपश्चिम प्रदेशका चारवटा जिल्ला डोटी, अछाम, बझाङ र बाजुराको संगमस्थलमा रहेको खप्तड अहिले सेताम्य भएको छ। प्राकृतिक सौन्दर्यताको खानी खप्तडलाई धर्तीको स्वर्ग पनि भनिन्छ।

युएस बंगला दुर्घटनामा नयाँ खुलासा : पाइलट डिप्रेशनमा थिए

५१ जनाले ज्यान गुमाएको युएस बाङ्ला एयरलाइन्सको जहाज दुर्घटनामा पाईलट सहित  चालक दल दोषी रहेको जाँचबुझ आयोगले निष्कर्ष निकालेको छ। 

बाबुले लिएको परीक्षामा छोरीलाई 'टपर' बनाएपछि... 

पशुविज्ञान संकायको प्रवेश परीक्षामा बाबुले परीक्षा लिएर छोरीलाई टपर बनाएपछि यतिबेला कृषि तथा वनविज्ञान विश्वविद्यालय विवादमा तानिएको छ।

बालिकालाई किचेर ज्यान लिएपछि सात टिपरमा आगजनी

उत्तरी मोरङको बिराटचौक र बेलेपुर बिचमा पर्ने सिसौघारीमा ११ वर्षीय बालिकालाई टिपरले किचेर मारेपछि स्थानीयहरु आक्रोसित भएका छन्। आक्रोसित स्थानीयले विराटचौक क्षेत्रमा सात वटा टिपरमा आगजनी गरेका छन्। 

निर्मला र आमाको डिएनए मिल्यो

बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको डिएनएसँग उनकी आमाको डिएनए मिलेको छ। निर्मलाको योनीबाट संकलन गरिएको भजाइनल स्वाबबाट तयार पारिएको डिएनए प्रोफाइलसँग आमाको डिएनए प्रोफाइल मिलेको प्रहरीले जानकारी दिएको छ। 

राष्ट्रिय सभा बैठकमा पनि कांग्रेसको अवरोध

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभाको बैठक पनि अवरुद्ध गरेको छ। सरकारले प्रतिनिधिसभाबाट जर्वजस्ती राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेको विरोधमा कांग्रेसले सोमबारको बैठक अवरुद्ध गरेको हो । 

डा केसीको समर्थनमा अछामका चिकित्सक पनि रिले अनसनमा

डाक्टर गोविन्द केसीका मागप्रति ऐक्यबद्धता जनाउँदै न्याय हेल्थ नेपाल बयालपाटा अस्पताल अछामका चिकित्सकहरुले रिले अनसन सुरु गरेका छन। 

पूर्वयुवराज पारस अस्पताल भर्ना

पूर्वयुवराज पारस शाहलाई नर्भिक अस्पतालमा भर्ना गरिएको छ। उनको छाती दुख्ने समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो।

प्रहरी संरक्षणमा तस्करी बढ्यो

अर्थमन्त्री यूवराज खतिवडाको निर्देशनका  कारण मुख्य भन्सार नाकामा कडाई गरिएपछि तस्करीमा संलग्न समूह छोटी भन्सार नाकामा केन्द्रित भएका छन्।

अधुरै मेलम्ची : सात अर्बको ठेक्का सम्झौता, आठ अर्ब खर्च

बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको ठेक्का सम्झौता ७ अर्ब ७२ करोड ३४ लाख रुपैयाँ रहेकोमा हालसम्म आठ अर्ब तीन करोड ३१ लाख रुपैयाँ खर्च भइसकेको खुलासा भएको छ।

‘पाँच करोड कमिसन माग्दा मेलम्ची आएन’

ठेकेदार कम्पनीसँग सरकारी अधिकारीहरूले पाँच करोड रुपैयाँ मागेपछि मेलम्ची खानेपानी आयोजनाको इटालियन ठेकेदार कम्पनी सिएमसीले काम छाडेर भागेको आरोप सांसदहरूले लगाएका छन्। 

'निर्मलाको न्यायमा ढिलो भइसक्यो, अब तरुण चुप लाग्दैन'

गत साउन १० गते कञ्‍चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको न्यायमा सरकारले ढिलो गरेको आरोप लगाएका छन्। 

कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक

कक्षा ११ र १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले २०७६ सालको साधारण तथा प्राविधिक समूहतर्फका नियमित, ग्रेडवृद्धि, एवं आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षा तालिका  सार्वजनिक गरेको हो। 

वितरणमुखी बजेटले ल्याउला त विकास र समृद्धि ?

प्रदेश २ सरकार कार्यान्वयनमा आएको ३ फागुनमा एक वर्ष पुरा हुँदै छ। २०७४ फाल्गुन ३ गते मुख्यमन्त्री लालबाबु राउतसहित तीन मन्त्रीले सपथग्रहण गरेका थिए।

कस्तो होला निकबिनाको प्रियंकाको अन्डमान यात्रा?

बिहेपछि प्रियंका चोपडा निक जोनससँग विभिन्न स्थानमा घुमि रहेकी छन्। प्रियंकाले निकसँग रोमान्स गरेका तस्बिरहरु सामाजिक सञ्जालमा सेयर गरिरहेकी छन्। स्विजरल्यान्डमा परिवारसँग नयाँ वर्ष मनाएका उनीहरुको तस्बिरले सबैको ध्यान खिचेको थियो।

कोठियालयभित्रको ‘चित्कार’

नेपालगञ्जका चित्रकार सुरजजान सुवेदीलाई केही वर्षअघि भारतमा कोठीमा नेपाली चेलीको अवस्था बुझन् मन लाग्यो। सामान्य रुपमा कोठीमा जान सहज थिएन।

राष्ट्रिय टोलीमा उदाएका अर्का सन्दीप

२०७० सालमा धनगढीमा भएको यू-१६ क्षेत्रीय प्रतियोगितामा सर्वाधिक रन बनाए पछि राष्ट्रिय टोलीमा उदाएका सन्दीप जोराले सोमबार एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरे।

नेपाललाई ऐतिहासिक एकदिवसीय सिरिज

नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो ऐतिहासिक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज जितेको छ । दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा भएको सिरिजमा युएईलाई २-१ ले पराजित गर्दै पहिलो ऐतिहासिक सिरिज जितेको हो।  

राष्ट्रपति ट्रम्पको विदेश नीतिप्रति अमेरिकी नागरिक नै असन्तुष्ट

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विदेश नीतिप्रति अधिकांश अमेरिकी जनता विपक्षमा रहेको एक जनमत सर्वेक्षणले देखाएको छ। सर्वेक्षणमा सहभागी आधाभन्दा बढी अमेरिकीले अर्को वर्ष अमेरिकाको विश्वव्यापी उपस्थिति अझ कमजोर हुने पनि बताएका छन्।  

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।