शुक्रबार, साउन १५, २०८३

देशको हरेक स्टेपमा एमाले र ओलीको याद आउन थालेको छ : नेता बस्नेत

 |  सोमबार, मंसिर १, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १, २०८२

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले देशको हरेक चरणमा नेकपा एमाले र अध्यक्ष केपी शर्मा ओलीको जनताले स्मरण गर्न थालेको दाबी गरेका छन्।

सोमबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघ नेपालको बागमती प्रदेशस्तरिय युवा जागरण भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले केपी ओलीले बनाइदिएको क्रिकेट रंगशाला, सामाजिक सञ्जालमा आफूलाई हिरोको रुपमा प्रस्तुत गर्ने कुलमान घिसिङले हिजो उद्घाटन गरेकोमा क्रिकेट संघका अध्यक्षदेखि पारस खड्कासम्मले व्यङगात्मक वक्तव्य दिएको भन्दै हरेक स्टेपमा एमाले र अध्यक्ष केपी शर्मा ओलीको याद आउन थालेको दाबी गरका हुन्।

उनले भने,‘केपी ओलीले पहिलो निर्णय नै क्रिकेट मौदानको विकासलाई तिब्र रुपमा अगाडि बढाउने थियो। ढिलागरी भएपनि काम भयो। केपी ओलीले बनाइदिएको क्रिकेट रंगशाला र सामाजिक सञ्जालमा आफूलाई हिरोको रुपमा प्रस्तुत गर्ने कुलमान घिसिङले हिजो जुंगा मुसार्दै उद्घाटन गरे। क्रिकेट संघका अध्यक्षदेखि पारस खड्कासम्मले उद्घाटनलाई व्यङगात्मक ढंगले वक्तव्य दिनुभयो। त्यसैले हरेक स्टेपमा एमाले र केपी ओलीको पटक–पटक याद आउँदै छ।’

त्यस्तै उनले जेनजी आन्दोलन, आन्दोलन नभएर विदेशीबाट सञ्चालित मुलुकप्रतिको आक्रमण भएको बताए। सुधन गुरुङको हामी नेपाल फाउन्डेसन जस्ता संस्थामार्फत आक्रमणको लागि ५०–६० अर्ब लगानी गरिएको उनको आरोप छ।

बालेन साह र सुधन गुरुङलाई विदेशीले खडा गरेको एजेण्डहरु भन्दै उनले आरोप लगाए।

‘जेनजी पुस्तालाई उचालेर नेपालमा विद्रोह गराइयो। आन्दोलन भनिन्छ त्यो पनि आन्दोलन थिएन। त्यो मुलुकप्रति आक्रमण थियो। त्यो आक्रमणमा विदेशी शक्तिहरुले धेरै लगानी गरेको पनि थिएन। हामी नेपाल जस्ता संस्थामार्फत ५०–६० अर्ब लगानी गरेका थिए होला। बालेन र सुधन जस्ता विदेशी एजेण्डहरु यहाँ खडा गरिएको थियो।’

प्रकाशित: Nov 17, 2025| 18:27 सोमबार, मंसिर १, २०८२
प्रतिक्रिया दिनुहोस्