बिहीबार, साउन १४, २०८३

'निर्मलाको न्यायमा ढिलो भइसक्यो, अब तरुण चुप लाग्दैन'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- गत साउन १० गते कञ्‍चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको न्यायमा सरकारले ढिलो गरेको आरोप लगाएका छन्। 

नेपाल तरुण दलको प्रदेशस्तरिय कार्यक्रमपश्चा निर्मलाका आमाबुबालाई भेट्न कञ्‍चनपुर पुगेका तरुणका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले भने, 'सरकारले निर्मलाको न्यायमा धेरै ढिलो गर्‍यो। अब तरुण दल चुप लागेर बस्दैन। निर्मलाको न्यायका लागि तरुण दलले देशव्यापी आन्दोलन गरेर न्याय दिलाउन दबाब दिन्छ।

निर्मला कञ्‍चनपुरको बालिका मात्र नभएर सम्पूर्ण तरुणको बहिनी भएको उल्लेख गर्दै उनले सरकारले न्याय दिन नसकेको निर्मलालाई अब तरुण दलले न्याय दिने अध्यक्ष बस्नेतले बताए। उनले भने, 'अपराधी जो कोही भएपनि सरकराले कारबाही गर्नुपर्छ। अब तरुण दल चुप लागेर बस्न सक्दैन।'

निर्मलाको न्यायका लागि ६ महिनादेखी धर्नामा बसेका निर्मलाका आमाबुबालाई सरकारले दिन नसकेको न्याय तरुण दलले दिने आश्वासन अध्यक्ष बस्नेतले दिएका थिए। 

तरुण दलले प्रदेश १ बाट सुरु गरेको विरोध कार्यक्रमा प्रदेश ७ मा गएर समापन गरेको छ। सरकारको गलत कदमको देशव्यापी आन्दोलन थालेको तरुण दलले भ्रष्टाचार र बलात्कारजस्तो अपराधलाई संरक्षण गरेको भन्दै विरोध गरेको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।