शनिबार, कात्तिक २९, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • मधेस प्रदेश सभा अगाडि ७ राजनितिक दलको विरोध प्रदर्शन, सभामुखको राजीनामा माग

मधेस प्रदेश सभा अगाडि ७ राजनितिक दलको विरोध प्रदर्शन, सभामुखको राजीनामा माग

 |  शनिबार, कात्तिक २९, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २९, २०८२

जनकपुर। जनकपुरधामस्थित मधेस प्रदेश सभा अगाडि ७ राजनीतिक दलका सांसद, नेता तथा कार्यकर्ताहरूले विरोध प्रदेर्शन गरेका छन्।

National life

शनिबार जनकपुरधाम वडा नं १२ कुवामा भेला भएका ७ राजनीतिक दलका नेता, कार्यकर्ता तथा सांसदहरुले मधेश प्रदेश सभा अगाडि पुगेर प्रदर्शन गरेका छन्। उनीहरुले सभामुख रामचन्द्र मण्डलविरुद्ध नाराबाजी गरेका थिए। उनीहरुले सभामुख मण्डल एमालेका कार्यकर्ता भएको भन्दै प्रदेश सभा खाली गर्न नारा लगाएका छन्।

महाभियोग दर्ता भइसकेको खण्डमा सभामुख स्वतः निलम्बित भएको भन्दै उनले अब प्रदेश सभामा बस्नु उचित नरेहेको ७ दलिय गठबन्धनका सांसदहरुको भनाई छ। सभामुख मण्डलले प्रदेश सभामा बसेर अनाधिकृत रुपमा काम कारवाही गर्दै आएको भन्दै उनीहरुले तत्काल सभामुखले प्रदेश सभा खाली गर्नु पर्ने उनीहरुको माग छ।

त्यस्तै उनीहरुले मुख्यमन्त्री सरोज कुमार यादवलाई जंगली मुख्यमन्त्रीको संज्ञा दिँदै रेष्टुरेन्टको मुख्यमन्त्री मान्य नहुने बताएका छन्।

यता, प्रदेश सभाको भित्र बैठक बस्ने सभा हलमा ताल्चा लागेका कारण उपसभामुख बबिता कुमारी राउत ईसरले उपस्थित सांसदहरुलाई चौरमै बसाएर बैठक सञ्चालन गरेका छन्। सो क्रममा सांसदहरु भुँइमै बसेर सभामा उपस्थिती जनाएका थिए। उपसभामुख राउतले सभामुखमाथि महाभियोग लगाइसकेपछि उनले गरेको निर्णयहरु कुनै कार्यान्वयन नहुने बताएका थिए।

Laxmi sunrise bank
kumari

७ दलिय गठबन्धनका ६४ जना सांसदले सभामुख मण्डलमाथि तीन दिन पहिला महाभियोग दर्ता गराएका थिए। सोही दिन अबेर राती सभामुख मण्डलले पाँच जना सांसदको पद रिक्त भएको पत्र सार्वजनिक गरेका थिए। हिजो मात्र मधेश राजपत्रमा पाँच जना सांसदको पद रिक्त भएको प्रकासित भएको छ। सभामुख र उपसभामुखबीच अहिले द्वन्द्व सृजना भएको छ।

यता उपसभामुख राउतले आफू सुरक्षित महसुस नगरेको भन्दै प्रदेश सभा भित्र रहेको निवास खाली गरेकी छन्।

प्रकाशित: Nov 15, 2025| 19:16 शनिबार, कात्तिक २९, २०८२
प्रतिक्रिया दिनुहोस्