आइतबार, भदौ १४, २०८३

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

 |  शुक्रबार, कात्तिक २८, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २८, २०८२

काठमाडौं- बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। एक तोला सुनको मोल रु ५०० ले र त्यति नै परिमाणको चाँदीमा रु ६० ले कमी आएको छ।    

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ४९ हजार ७०० कायम भएको छभने त्यति नै परिमाणको चाँदी रु तीन हजार २८५ मा कारोबार भइरहेको छ।

बिहीबार एक तोला सुन रु दुई लाख ५० हजार २०० र चाँदी रु तीन हजार ३४५ मा खरिदबिक्री भएको थियो।

प्रकाशित: Nov 14, 2025| 11:07 शुक्रबार, कात्तिक २८, २०८२
प्रतिक्रिया दिनुहोस्