बिहीबार, साउन १४, २०८३

राष्ट्रिय टोलीमा उदाएका अर्का सन्दीप

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- २०७० सालमा धनगढीमा भएको यू-१६ क्षेत्रीय प्रतियोगितामा सर्वाधिक रन बनाए पछि राष्ट्रिय टोलीमा उदाएका सन्दीप जोराले सोमबार एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा डेव्यू गरे।

उनले १७ वर्ष १ सय दिन पुग्दा राष्ट्रिय टोलीमा एकदिवसीय अन्तर्राष्ट्रियबाट डेब्यु गरेका हुन्। डेब्यु खेलमा पाँचौ नम्वरमा ब्याटिङ गर्न मैदान आएका उनले लोभलाग्दो प्रदर्शन गरे। 

उनले मात्र २० बल गरे भने  एक चौका र एक छक्का प्रहार गर्दै १९ रन जोडे। आक्रमक ब्याटिङ प्रस्तुत गरेका जोरा इमरान हैदरको बलमा क्याचआउट हुन पुगे।  घरेलु क्रिकेटमा लोभलाग्दो प्रदर्शन गरेका जोरा राष्ट्रिय टोलीको ढोका सन्दीपले ढक्ढक्याइरहेका थिए। तर, सोमबारबाट युवा खेलाडी जोरालाई नेपाली राष्ट्रिय क्रिकेट टोलीले नयाँ सदस्यको रुपमा स्वागत गर्यो। 

युएईसँगको एकदिवसीय सिरिजका सुरुको दुई खेल खेल्न नपाएका जोरालाई निर्णायक खेलमा पवन सराफको स्थानमा अवसर दिइएको थियो। सुरुका दुई खेलमा पवनले चार र आठ रन मात्र बनाउन सकेका थिए। 

नेपाली कप्तान पारस खड्काले उनलाई सोमबार युएईविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय खेल अगाडि ‘डेब्यु क्याप’ दिएर मैदानमा स्वागत गरे। सुदुर पश्चिम प्रदेशको कञ्चनपुर जिल्लास्थित भीमदत्त नगरपालिकामा बस्दै आएका जोरा अण्डर-१९ राष्ट्रिय टोली र घरेलु टी-२० प्रतियोगितामा केही उत्कृष्ट प्रदर्शन गरेपछि राष्ट्रिय टोलीमा परेका हुन्।  

गएको सेप्टेम्बरमा भएको यु-१९ एसिया कपमा छनोट भएपछिको पहिलो खेलमा उनले युएईविरुद्ध ७४ बलमा ७६ रन बनाएर आफ्नो प्रतिभा देखाएका थिए। त्यस्तै भारतविरुद्ध पनि २० बलमा २० रन बनाएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।