बिहीबार, कात्तिक २७, २०८२

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलमाथि महाभियोग दर्ता

 |  बिहीबार, कात्तिक २७, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २७, २०८२

जनकपुर। मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलमाथि महाभियोग दर्ता गरिएको छ।

National life

सभामुख मण्डलले पदिय मर्यादा विपरित काम गरेको भन्दै ७ दलका ६४ जना सांसदले मधेश प्रदेश सभामा महाभियोग दर्ता गराएका छन्। महाभियोग दर्ता गराउनेमा जसपा नेपाल, लोसपा, नेपाली कांग्रेस, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र नेकपा माओवादी केन्द्र रहेको छ।

सभामुख मण्डलले सभा कार्य सञ्चालन नियमावली २०७५, परिछ्चेद २१, नियम १८० अनुसार पदीय अनुकूल र पदीय आचरण अनुकूल कार्य नगरेकाले पदमुक्त गर्नसमेत माग गरिएको छ। प्रस्ताव पत्रमा सभामुख मण्डलले प्रदेश सभामा एक दलको निर्देशन बमोजिम पटक पटक सभा संचालन गरेको, विपक्षी दलका उपस्थिती बिना पनि सभा संचालन गरेको लगायतका आरोपहरु उल्लेख रहेको छ।

केही दिन अघि पूर्व मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिन आह्वान गरेको प्रदेश सभा बैठकमा सोनल लगायत मन्त्रीपरिषदका सांसदहरु उपस्थिती नरहेको बावजुद सभा सुचार गरेका थिए। विवाद बढेपछि निवर्तमान मुख्यमन्त्री सोनलदे प्रदेश सभा बैठकमै राजिनामा घोषना गरेका थिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 13, 2025| 19:16 बिहीबार, कात्तिक २७, २०८२
प्रतिक्रिया दिनुहोस्