शनिबार, पुस १९, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • सुदर्शन खड्का बने कोशी प्रदेशसभाको सचिव, नौ महिनाको रिक्तता अन्त्य

सुदर्शन खड्का बने कोशी प्रदेशसभाको सचिव, नौ महिनाको रिक्तता अन्त्य

 |  बुधबार, कात्तिक २६, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २६, २०८२

विराटनगर। करिब नौ महिनादेखि नेतृत्वविहीन रहेको कोशी प्रदेशसभाले अन्ततः नयाँ सचिव पाएको छ। संघीय संसद सचिवालयका पूर्वसचिव सुदर्शन खड्का प्रदेशसभाका सचिवमा नियुक्त भएका छन्।

National life

सभामुख अम्बरबहादुर विष्टको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले खड्कालाई सचिवमा नियुक्त गरेका हुन्। बुधबार दिउँसो उनले प्रदेशसभाको कटहरीस्थित नयाँ कार्यालयमा सभामुख विष्टसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे।

पूर्वसचिव गोपालप्रसाद पराजुली सर्वोच्च अदालतबाट भ्रष्टाचारको कसुरमा दोषी ठहर भएपछि प्रदेशसभा सचिवालय गत नौ महिनादेखि नेतृत्वविहीन थियो। पशुपति क्षेत्र विकास कोषको जग्गामा अवैध बालुवाखानी सञ्चालन गर्न अनुमति दिएको अभियोगमा पराजुलीलाई अदालतले ६ वर्ष कैद र जरिवानाको सजाय सुनाएको थियो। त्यसपछि उनी स्वतः पदमुक्त भएका थिए।

यसबीच, कोशी प्रदेशसभा बुधबारदेखि कटहरीस्थित फलफूल तथा कृषि थोक बजारको भवनमा सारिएको छ। जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा अराजक समूहले प्रदेशसभा भवन र सचिवालयमा आगजनी गरेपछि पुरानो भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो।

भवन ध्वस्त बनेपछि कटहरीस्थित फलफूल तथा कृषि थोक बजारको भवनलाई अस्थायी रूपमा प्रयोग गर्ने निर्णय गरिएको हो। प्रदेशसभाका कर्मचारीका अनुसार नयाँ स्थलमा आवश्यक संरचना र प्रशासनिक तयारी भइरहेको छ।

Laxmi sunrise bank

‘प्रशासनिक काम सञ्चालनका लागि सुरुवात भइसकेको छ।’ एक कर्मचारीले बताए।

नवनियुक्त सचिव खड्काको आगमनसँगै कोशी प्रदेशसभाको प्रशासनिक रिक्तता अन्त्य भएको छ।

प्रकाशित: Nov 12, 2025| 19:07 बुधबार, कात्तिक २६, २०८२
प्रतिक्रिया दिनुहोस्