बिहीबार, असार ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • पर्वतको द क्लिफ नेपालमा एनआईसी एशिया बैंकका ग्राहकलाई १० प्रतिशत छुट दिइने

पर्वतको द क्लिफ नेपालमा एनआईसी एशिया बैंकका ग्राहकलाई १० प्रतिशत छुट दिइने

 |  सोमबार, कात्तिक २४, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २४, २०८२
National life
Shivam cement

काठमाडौ-एनआईसी एशिया बैंकका ग्राहकले द क्लिफ नेपालमा विभिन्न सेवा लिँदा विशेष छुट पाउने भएका छन्। यस सम्झौतापश्चात् यस बैंकका ग्राहकले कुश्मा, पर्वतमा रहेको द क्लिफ नेपालमा उपलब्ध विभिन्न सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने भएका हुन्।

यस बैंकका ग्राहकले द क्लिफ नेपालमा आवास सेवा, मेगाट्रोल, स्काइसाइकल, स्काइ क्याफे सेवामा १० प्रतिशत छुट उपलब्ध हुने कम्पनीले जनाएको छ।उक्त सुविधा उपयोग गर्न ग्राहकले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबाइल बैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ।

द क्लिफ नेपालसँगको यस सहकार्यले ग्राहक महानुभावलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।

प्रकाशित: Nov 10, 2025| 11:15 सोमबार, कात्तिक २४, २०८२
प्रतिक्रिया दिनुहोस्