बिहीबार, साउन १४, २०८३

कप्तान पारसले पूरा गरे अर्धशतक 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- जारी एकदिवसीय सिरिजको तेस्रो खेलमा युएईले दिएको २ सय ५५ रनका लक्ष्य पछ्याउने क्रममा नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले अर्धशतक पुरा गरेका छन् ।

बिनोद भण्डारीको स्थानमा तेस्रो नम्वरमा मैदान आएका कप्तान खड्काले आक्रमक ब्याटिङ प्रस्तुत गर्दै अर्धशतक पुरा गरेका हुन् । उनले ५० बल खेल्दा ९ चौका प्रहार गर्दै अर्धसशतक पुरा गरेका हुन् ।

यतिबेला उनलाई क्रिजमा युवा खेलाडी सन्दीप जोराले  साथ दिईरहेका छन् । तर कप्तान पारसले अर्धसतक पुरा गर्दा मैदानमा युवा खेलाडी दिपेन्द्र सिंह ऐरी थिए। यितबेला २२ ओभर पुग्दा नेपालले ३ विकेट गुमाएर १ सय ११ रन जोडेको छ ।

यसअघि टुस हारेर ब्याटिङको निम्तो पाएको युएईका लागि सैमन अन्वरले उत्कृष्ट अर्धसतक र मोहमद बुटाको आक्रामक अर्धशतक प्रहार गरेका थिए । युएईका लागि अन्वरले ८७ र बुटाले ५९ रन जोड्दा युएईले नेपाल सामु विशाल लक्ष्य सुम्पेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।