शुक्रबार, पुस १८, २०८२

जेनजी आन्दोलनको नाममा अराजकता मच्चाइयो : ओली

 |  आइतबार, कात्तिक २३, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २३, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका नाममा देशमा अराजकता फैलाउने प्रयास भएको बताएका छन्।

National life

आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघ नेपालको तेस्रो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै ओलीले युवाको नाममा हिंसा, तोडफोड र आगलागी गराइएको दाबी बताएका हुन्।

उनले भने, ‘नेपालको जन र धनको क्षति गराउने खालका क्रियाकलापहरुलाई आन्दोलन, क्रान्ति, परिवर्तनका नामबाट ग्लोरीफाई गर्न खोजियो। तर त्यसको आडमा देशलाई असंवैधानिक र अराजकतातर्फ धकेल्ने प्रयास भयो, जुन जेनजी आन्दोलनमा देखियो।’

उनले यस्तो अवस्थालाई लामो समयसम्म रहन दिन नहुने उल्लेख गर्दै यसको जिम्मेवारी नेपाली जनता, विशेषगरी युवाका काँधमा रहेको बताए।

ओलीले भने, ‘युवाहरुको काँधमा जिम्मेवारी यस कारण पनि आएको हो कि जेनजी भन्ने कुरा कुनै मानव विकासको अवधिसँग होइन, कम्प्युटर साइन्सको विकास अवधिसँग सम्बन्धित हो। तर त्यसलाई युवाहरुसँग जोडेर, उनीहरुलाई भावनात्मक रूपमा प्रयोग गर्न खोजियो।’

Laxmi sunrise bank

उनले जेनजी आन्दोलनका नाममा उठाइएका मागहरु मध्ये धेरै जायज रहेको पनि बताए। ‘भदौ २३ र २४ गते माइतीघर मण्डलामा आएका युवाहरुले राम्रा मागहरु राखेका थिए,’ ओलीले भने, ‘तर ती माग, आन्दोलन र मुद्दा युवाहरुका हातबाट खोस्ने तत्वहरु पहिले नै त्यहाँ जम्मा भइसकेका थिए। युवाका नाममा विनाश अरुले मच्चाए, तर त्यसलाई जेनजी आन्दोलन भनियो।’

अध्यक्ष ओलीले भदौ २४ गते देशभर भएको आगलागी र तोडफोड पूर्वनियोजित भएको दाबी पनि गरे। उनले भने ‘२४ गतेको हिंसा र क्षति २३ गतेको गोलीकाण्डसँग प्रत्यक्ष सम्बन्धित थिएन। त्यो त घटना हुनुभन्दा पहिले नै म्याप बनाई योजना अनुसार गरिएको थियो।’

ओलीले युवाहरुलाई संयमित, जिम्मेवार र देशहितमा उभिन आह्वान समेत गरे। ‘हामीले यस्तो परिस्थिति निरन्तर रहन दिनु हुँदैन। यो देश युवाकै काँधमा टेकेर अघि बढ्छ, त्यसैले युवाले भावनामा होइन, विवेकमा आधारित भएर देशको भविष्य तय गर्नुपर्छ।’

 

प्रकाशित: Nov 09, 2025| 17:06 आइतबार, कात्तिक २३, २०८२
प्रतिक्रिया दिनुहोस्