बिहीबार, जेठ २८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • स्वार्थ समूहको चलखेलमा भएका निर्णय उल्टाउन प्रधानमन्त्रीसँग गोविन्द केसीको माग

स्वार्थ समूहको चलखेलमा भएका निर्णय उल्टाउन प्रधानमन्त्रीसँग गोविन्द केसीको माग

 |  आइतबार, कात्तिक २३, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २३, २०८२

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले विगतमा स्वार्थ समूहको चलखेलबाट गरिएका निर्णय उल्टाउन सरकारसमक्ष माग गरेका छन्।

National life

आइतबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेर उनले यस्तो माग गरेका हुन्। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार डा. केसीले प्रधानमन्त्री कार्कीसँगको भेटमा विगतमा व्यवसायीको स्वार्थमा मेडिकल कलेजको सिट बढाएको दाबी गर्दै निर्णय उल्टाउनुपर्ने माग गरेका हुन्।

प्रधानमन्त्रीसँगको भेटमा डा. केसीसँगै चिकित्सा शिक्षा आयोगका पूर्वउपाध्यक्ष श्रीकृष्ण गिरी, प्रा. डा. जगदीशप्रसाद अग्रवाल टोलीमा थिए। डा. केसीले आफ्नो १० बुँदे ज्ञापनपत्र पनि बुझाएका थिए।

प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षामन्त्री महावीर पुन, स्वास्थ्यमन्त्री डा. सुधा गौतम र चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. अञ्जनी झाको उपस्थितिमा डा. केसीले उठाउनुभएका विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

Shivam cement

प्रकाशित: Nov 09, 2025| 16:56 आइतबार, कात्तिक २३, २०८२
प्रतिक्रिया दिनुहोस्