बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कालोपट्टी बाँधेर जनकपुरका वडाध्यक्षहरु कार्यक्षेत्रमा

कालोपट्टी बाँधेर जनकपुरका वडाध्यक्षहरु कार्यक्षेत्रमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- उपमहानगरपालिका कार्यालयले माग सम्बोधन नगरेको भन्दै जनकपुरका वडा अध्यक्षहरु हातमा कालोपट्टी बाँधेर कार्यक्षेत्रमा खटिएका छन्। उपमहानगरपालिकालाई माग पुरा गर्न १३ माघसम्म अल्टिमेटम दिएका वडा अध्यक्षहरु माग पुरा नभएपछि कालोपट्टी बाँधेर आन्दोलनमा उतरेका हुन्।

आफूहरुले बुझाएको १६ बुँदे माग पुरा गर्नतर्फ उपमहानगरपालिकाले चासो नदेखाएको भन्दै असन्तुष्ट वडा अध्यक्षहरुले पूर्वघोषित कार्यक्रमअनुसार सोमबारदेखि आन्दोलनमा उतरेका छन्।

२५ मध्ये असन्तुष्ट १६ जना वडा अध्यक्षहरुले सात दिने अल्टिमेटम दिँदै २५ पौषमा १६ बुँदे माग राख्दै उपमहानगरपालिकालाई ज्ञापन पत्र बुझाएको थियो। यस अवधिमा उपमहानगरपालिकाले सम्पत्तिमा गरेको करवृद्धिसम्बन्धी निर्णय सम्बोधन गरेको छ। 

सम्पतिमा उपमहानगरपालिकाले गरेको करवृद्धिको चौतर्फा विरोध भएको थियो। नेपाली कांग्रेसले समेत सम्पत्तिमा गरिएको करवृद्धि फिर्ता लिन उपमहानगरपालिकामाथि दबाब दिँदै आइरहेको थियो।

तर अन्य मागहरु पुरा नभएकाले पूर्वघोषित विरोधका कार्यक्रमअनुसार आफूहरु कालोपट्टी बाँधेर कार्यालयमा कामकाज गरेको आन्दोलित वडा अध्यक्षहरुले बताएका छन्।

असन्तुष्ट वडा अध्यक्षहरुले  १४ र १५ गते हातमा कालोपट्टी बाँधी आ–आफ्नो वडा कार्यालयमा काम गने, १८ गते पेन डाउन, २० गतेदेखि बिहान १० बजेदेखि एक घन्टा धर्ना बस्ने चेतावनी दिएका छन्। 

यसैगरी २१ माघदेखि दैनिक १-१ घन्टा अवधि बढाउँदै २७ गते बिहान १० बजे देखि ६ घन्टा धर्ना दिने कार्यक्रम उनीहरुले घोषणा गरेका छन्। यस अवधिमासमेत माग सम्बोधन नभए २८ गतेर २९ गते आफूहरु २४ घण्टे रिले अनशनमा बस्ने असन्तुष्ट वडा अध्यक्षहरुले जनाएका छन्।

उनीहरुले संवैधानिक व्यवस्थाअनुसार अधिकार प्रत्यायोजन, दैनिक कार्य, भैपरी आउने कार्यका लागि स्वायत्त व्यवस्था, वडा कार्यालयमा आवश्यक मानवीय, भौतिक, आर्थिक संशाधनका स्वायत्त परिचालनको व्यवस्था हुनुपर्ने लगायतका मागहरु राखेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।