बिहीबार, साउन १४, २०८३

हिउँले ढाकियो धर्तीको स्वर्ग

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सुदूरपश्चिम प्रदेशका चारवटा जिल्ला डोटी, अछाम, बझाङ र बाजुराको संगमस्थलमा रहेको खप्तड अहिले सेताम्य भएको छ। प्राकृतिक सौन्दर्यताको खानी खप्तडलाई धर्तीको स्वर्ग पनि भनिन्छ। 

धर्तीको स्वर्ग सेताम्य भएपछि मन बहलाउन पर्यटकहरु खप्तडको काखमा पुगेर रमाउने गरेका छन्। यो ५० वर्ष पहिले खप्तड बाबाले तपस्या गरेको पवित्र भूमी हो। खप्तड प्रकृति प्रेमीलाई मात्र नभई, धार्मिक पर्यटकलाई समेत उपयुक्त गन्तव्य हो।

सुदूरपश्चिमको सबैभन्दा प्रशिद्ध गन्तव्यस्थल खप्तडमा बझाङको तमैल र डोटीको झिंग्रानबाट जान सकिन्छ। बझाङको बाटो भएर जान धनगढीबाट गाडीमा तमैलसम्म ९ घण्टा गुड्नुपर्छ। तमैलबाट लामातोलासम्म लोकल जीप पाइन्छ, जिपमा ४५ मिनेट जति गुड्नुपर्छ।

लामातोलाबाट चार घण्टामा लोखाडा (खप्तड बेस क्याम्प) र त्यहाँबाट २ घण्टामा खप्तडका गाडिएका क्याम्पहरुमा पुग्न सकिन्छ। तमैल कटेपछि ठाउँ-ठाउँमा लोकल टि-हाउस छन् भने खाने-बस्ने पनि सुविधा छ। त्यसपछि उकालो बाटो करिब ४ घण्टा हिँडेर खप्तड लेक पुग्न सकिन्छ।

तस्बिर सौजन्य : रामज्योती बोहरा

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।