शुक्रबार, पुस १८, २०८२

कोरला भन्सारबाट तीन अर्ब बढी राजस्व असुली

 |  शुक्रबार, कात्तिक २१, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २१, २०८२

National life
Laxmi sunrise bank

मुस्ताङ- कोरलास्थित भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा रु तीन अर्व दुई करोड ७३ लाख ३८ हजार राजस्व सङ्कलन गरेको छ। 

भन्सार प्रमुख रमेश खड्काका अनुसार बितेका तीन महिनामा एक हजार ४९८ वटा विद्युतीय सवारीसाधनका साथै ६७१ वटा मालबाहक कन्टेनरबाट सामान आयात भएको छ। यो नाकाबाट २८ वटा मालबाहक सवारीसाधनले स्वदेशी उत्पादन चीनको स्वशासित क्षेत्र सिजाङ पुर्‍याएका छन्। 

बाढीपहिरोले तातोपानी र रसुवागढी नाका  अवरुद्ध भएपछि कोरलानाकाबाट चीनसँगको मुलुकको आयातनिर्यात जारी छ। 
–––

प्रकाशित: Nov 07, 2025| 09:45 शुक्रबार, कात्तिक २१, २०८२
प्रतिक्रिया दिनुहोस्