शुक्रबार, पुस १८, २०८२

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

 |  बिहीबार, कात्तिक २०, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २०, २०८२

National life
Laxmi sunrise bank

काठमाडौं- स्थानीय बजारमा बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही वृद्धि भएको छ।  

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु दुई लाख ३७ हजार ८०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु तीन हजार १० निर्धारण भएको छ। बुधबार एक तोला सुन रु दुई लाख ३७ हजार २०० र चाँदी रु दुई हजार ९९० मा खरिदबिक्री भएको थियो। 

बजार विश्लेषकहरूले सुनचाँदीको मूल्यमा दैनिक उतारचढाव भइरहेका कारण लगानीकर्ताले सतर्क हुनुपर्नेमा जोड दिएका छन्। सुनचाँदीमा लगानी गर्दा बजारको प्रवृत्ति र मूल्य परिवर्तनमा ध्यान दिनु आवश्यक भएको उनीहरूको कथन छ। आगामी दिनहरूमा पनि मूल्यमा उतारचढाव हुने उनीहरूको विश्लेषण छ।

प्रकाशित: Nov 06, 2025| 11:36 बिहीबार, कात्तिक २०, २०८२
प्रतिक्रिया दिनुहोस्