बिहीबार, साउन १४, २०८३

प्रहरी संरक्षणमा तस्करी बढ्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
वीरगंज- अर्थमन्त्री यूवराज खतिवडाको निर्देशनका  कारण मुख्य भन्सार नाकामा कडाई गरिएपछि तस्करीमा संलग्न समूह छोटी भन्सार नाकामा केन्द्रित भएका छन्। तस्करले छोटी भन्सार नाकामा खटिने सुरक्षाकर्मीलाई प्रभावमा पार्दै विशेष गरी महँगो मूल्यका भारतीय कपडा भित्र्याउन थालेका हुन्।

छोटी नाका र खुला‌ सीमाबाट भरियाको सहयोगमा कपडा भित्र्याएर गोदाममा भण्डारण गर्ने र मालबाहक गाडीमा ढुवानी गरेर ठूलो बजारसम्म पुर्याउने कार्य ‌‌‌‌‌‌‌‌‌‌‌‌‌गरिरहेका छन्। सम्बद्ध श्रोतका अनुसार एउटा नाकाबाट भरिया,साइकल र मोटरसाइकल मार्फत दैनिक दश लाख रुपैयाँ बराबरको कपडा  निर्वाध रुपमा भित्र्याइरहेका छन्। तस्करीको लागी वीरगंजको छपकैयाँ छोटी भन्सार नाका, ठोरी, जानकीटोला र भिस्वा नाका मुख्य रुपमा प्रयोग भइरहेको छ।

तस्करीको माध्यमबाट भित्रिएको कपडा रामरहिम ट्रान्सपोर्ट, महाशक्ति ट्रान्सपोर्ट, साझा ट्रान्सपोर्ट, जय बजरंग ट्रान्सपोर्ट, पाथिभारा ट्रान्सपोर्टबाट ढुवानी गरेर चितवन, काठमाडौं र पोखराको बजारमा पुर्याइने सम्बद्ध श्रोतले जानकारी दिएको छ। प्रहरी संरक्षणमा तस्करीले प्रश्रय पाएको भन्दै आलोचना बढेपछि सशस्त्र प्रहरीले आइतबार ठूलो परिमाणमा अवैध कपडा बरामद गरेको छ।

सशस्त्र प्रहरीले पर्साको छिपहरमाइ गाँउपालिका-१ मिर्जापुरबाट धान लिएर अलौंस्थित चामल उद्योगतर्फ आउँदै गरेको ना २ त १६४८ नम्बरको ट्याक्टरबाट ४० लाख रुपैयाँ मूल्य बराबरको अवैध कपडा बरामद गरेको हो।

टयाक्टरमा रहेको ९० बोरामा धानभित्र लुकाएर राखिएको सुटपिस कपडा ६ हजार मिटर, कुर्ता सुरुवाल ८० थान र सर्ट पाइन्टको कपडा ७२ सेट बरामद भएको सशस्त्र प्रहरी उपरिक्षक प्रेम ध्वज शाहले जानकारी दिए।

यसअघि पुस ९ गते मा ७ ख ९८४८ नम्बरको मालबाहक ट्रकबाट २५ पोका कपडा र चपरा बरामद गरेको थियो। यो ट्रक बाराको लिपनीमालबाट  सिमेन्ट बोकेर काठमाडौंतर्फ जाँदै गरेको अवस्थामा हेटौंडाको पशुपति नगरबाट प्रहरीले नियन्त्रणमा लिएर खोतल्दा कपडा बरामद भएको थियो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले खुला सीमाबाट हुने तस्करी नियन्त्रणको लागी नियमित गस्ती गरेर भरियालाई नियन्त्रणमा लिने कार्य भइरहेको दाबी गरे। उनले भने, पोके तस्करविरुद्ध कारवाही गर्दा पुरा गाउँले नै विरोधमा उत्रिने गरेका छन्, तर पनि हामीले सम्झौता गरेका छैनौ।

विदेशमा उत्पादित कपडा आयात‌‌ गर्दा व्यापारीले तयारी पोशाकमा २० प्रतिशत,कपडामा १५ प्रतिशत भन्सार ‌‌‌‌‌‌‌‌‌‌‌महशुलको अतिरिक्त १३ प्रतिशत मूल्य अभिवृद्धि कर समेत तिर्नुपर्छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।