शुक्रबार, पुस १८, २०८२

राष्ट्रपति पौडेल आज स्वदेश फर्कँदै

 |  बिहीबार, कात्तिक २०, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २०, २०८२

National life
Laxmi sunrise bank

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी भएर आज अपराह्न स्वदेश फर्कँदै छन्।

राष्ट्रपति पौडेलले उक्त सम्मेलनको मुख्य सत्रलाई गत मङ्गलबार सम्बोधन गरेका थिए।

सम्मेलनका क्रममा आयोजित सामाजिक विकासका तीन स्तम्भको सुदृढीकरण: गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवं सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाई पनि सम्बोधन गरेका थिए।

प्रकाशित: Nov 06, 2025| 07:35 बिहीबार, कात्तिक २०, २०८२
प्रतिक्रिया दिनुहोस्