शुक्रबार, पुस १८, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • देशमा देखिएका चुनौतीको सामना गर्न नयाँ शक्ति निर्माण भएको हो : प्रचण्ड

देशमा देखिएका चुनौतीको सामना गर्न नयाँ शक्ति निर्माण भएको हो : प्रचण्ड

 |  बुधबार, कात्तिक १९, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १९, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा देखा परेका चुनौती र समस्याको सामना गर्नका लागि नयाँ शक्ति निर्माण भएको बताएका छन्।

National life

माओवादी केन्द्र, नेकपा (एस) सहितका कम्युनिष्ट दलहरूको एकता घोषणा सम्मेलनमा बोल्दै उनले देशलाई नयाँ ढंगले अगाडि बढाउने आत्मविश्वास पैदा भएको बताए।

उनले भने, ‘हामी एक ढिक्का भएर देशको अगाडि देखा परेका चुनौती र समस्याको सामना गर्न सक्छौं भन्ने आत्मविश्वास पैदा भएको छ। हामी नेपाललाई नयाँ ढंगले अगाडि बढाउन सक्छौं र एउटा नयाँ शक्ति निर्माण भयो भन्ने विश्वास व्यक्त गर्न चाहन्छौं। आजको दिन नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा कहिल्यै नबिर्सिने दिन हुने छ। एकै साथ १० वटा कम्युनिष्ट घटकको एकता भएको इतिहास सम्भवतः नेपालमा छैन। दुईवटा, तीनवटा, मिल्ने त भयो होला।’

प्रचण्डले आजको दिनलाई नेपाली कम्युनिष्ट आन्दोलन र राष्ट्रिय राजनीतिका दृष्टिले ऐतिहासिक रहेको उल्लेख गर्दै यसले राष्ट्रिय एकताको नयाँ आधार तयार पार्ने विश्वास व्यक्त गरे।

उनले भने, ‘आजको दिन इतिहासमा कसैले विर्साए पनि विर्सिने छैन। यो एउटा नेपाली कम्युनिष्ट आन्दोलनको एकताको दृष्टिकोणले मात्र ऐतिहासिक होइन, यो नेपाली राजनीतिमा देखा परेका चुनौतीहरू र संकटहरूको समाधान गर्नका लागि राष्ट्रिय एकताको लागि आधार तयार पार्ने असाधारण पहलको दिन पनि हो।’

Laxmi sunrise bank

उनले हाल राष्ट्रमा देखिएका संकट, दलहरूमाथि लगाइएका आरोप र आक्षेपहरूको बीचमा पनि यो एकता नयाँ राष्ट्रिय स्वाधिनताको अभियानलाई अगाडि बढाउने ऐतिहासिक कदम भएको बताए।

प्रकाशित: Nov 05, 2025| 18:28 बुधबार, कात्तिक १९, २०८२
प्रतिक्रिया दिनुहोस्