शुक्रबार, पुस १८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

 |  बुधबार, कात्तिक १९, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १९, २०८२

कञ्चनपुर- सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ।

National life

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति  हेमराज पन्तका अनुसार विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय ८० बिघामध्ये तीन सय बिघा जग्गा अतिक्रमण भएको छ। 

विसं २०६२ मा  टीकापुर विकास समितिले क्याम्पस स्थापनाका लागि तीन सय ८० बिघा जग्गा क्याम्पसलाई प्रदान गरेको भए पनि क्याम्पसले हालसम्म ८० बिघामात्र भोगचलन गर्न पाएको छ।  तीन सय बिघा जमिन मुक्तकमैया तथा सुकुम्बासीका नाममा अतिक्रमण भएको छ। 

अतिक्रमित जग्गा फिर्ता ल्याउनका लागि विश्वविद्यालयले पटकपटक सङ्घ र प्रदेशसरकारसमक्ष आग्रह गरे पनि सुनुवाइ नभएको  उपकुलपति पन्तले दुखेसो गरे। 

हालै विश्वविद्यालय कार्यकारी परिषद्ले निर्णय गरेर अतिक्रमित जग्गा फिर्ता ल्याउन उच्चस्तरीय छानबिन आयोग गठनको माग गरेको छ। विश्वविद्यालयको जग्गा अतिक्रमण गरेकालाई विभिन्न राजनीतिक पार्टीको संरक्षण भएकाले  हटाउन समस्या भएको हो।

Laxmi sunrise bank

प्रकाशित: Nov 05, 2025| 08:33 बुधबार, कात्तिक १९, २०८२
प्रतिक्रिया दिनुहोस्