शुक्रबार, जेठ १, २०८३

कस्तो होला निकबिनाको प्रियंकाको अन्डमान यात्रा?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
मुम्बई – बिहेपछि प्रियंका चोपडा निक जोनससँग विभिन्न स्थानमा घुमि रहेकी छन्। प्रियंकाले निकसँग रोमान्स गरेका तस्बिरहरु सामाजिक सञ्जालमा सेयर गरिरहेकी छन्। स्विजरल्यान्डमा परिवारसँग नयाँ वर्ष मनाएका उनीहरुको तस्बिरले सबैको ध्यान खिचेको थियो।

यतिबेला प्रियंका अमेरिकामा छिन्। तर, उनी चाँडै भारतको अन्डमान फर्कने कार्यक्रम  छ। भारतीय सञ्चारमाध्यमका अनुसार उनी त्यहाँ निक बिना एक्लै जानेछिन्। किनकि उनका विदेशी श्रीमान्लाई अन्डमानमा भिसा पाउन गाह्रो हुन सक्छ।

प्रियंकाद्वारा अभिनित फिल्म ‘द स्काई इज पिंक’ को सुटिङ अन्डमानमा हुने भएपछि उनी त्यहाँ जान लागेकी हुन्। सुटिङ्को समय प्रियंकाको साथ निक पनि रहन चाहन्छन्। तर फिल्म जहाँ सुटिङ हुन गइरहेको छ त्यो निकका लागि प्रतिबन्धित क्षेत्र हो। त्यहाँ विदेशीहरु प्रवेशमा रोक लगाइएको छ।

‘द स्काई इज पिंक’ सुटिङ हुने स्थानमा केही वर्षपहिले केही व्यक्तिले अमेरिकी नागरिक जोन ऐलनको हत्या गरिदिएका थिए। उक्त मामला अहिलेसम्म पनि शान्त हुन सकेको छैन। त्यसैले उक्त इलाकामा विदेशीको प्रवेशमा रोक लगाइएको छ।

‘द स्काई इज पिंक’ फिल्मको केही भाग लन्डन, दिल्ली र मुम्बईमा सुटिङ भइसकेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्