बिहीबार, साउन १४, २०८३

‘पाँच करोड कमिसन माग्दा मेलम्ची आएन’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं - ठेकेदार कम्पनीसँग सरकारी अधिकारीहरूले पाँच करोड रुपैयाँ मागेपछि मेलम्ची खानेपानी आयोजनाको इटालियन ठेकेदार कम्पनी सिएमसीले काम छाडेर भागेको आरोप सांसदहरूले लगाएका छन्। संसद्को विकास तथा प्रविधि समितिको सोमबारको बैठकमा सांसद बहादुरसिंह तामाङले सरकारकातर्फबाट सिएमसीसँग पाँच करोड मागेपछि त्यसका अधिकारी  भागेको भन्नेबाहिर आएको भन्दै त्यसलाई प्रष्ट पार्नु पर्ने बताए।

उनले भने, ‘नेपालमा किन ठूलाठूला ठेकेदार कम्पनी टिक्न सक्दैनन्? किन उनीहरूले तोकेको समयमा काम पूरा गर्न सक्दैनन्? यसको जबाफ सरकारले दिनुपर्छ।’

अर्का सांसद रामबहादुर बिष्टले सरकारले कम्पनीले मागेको ३६ करोडमा रुपैयाँ  नदिएकै कारण सिएसी भागेको भागेको बताए। उनले पटक-पटक मेलम्चीको पानी आउँछ भनेर खानेपानी मन्त्रालयले राजधानीबासीलाई झुक्याइरहेको आरोप लगाए। उनले भने, ‘यसरी जनतालाई ढाँट्न मिल्दैन।’

अर्का सांसद जिपछिरिङ लामाले ९५ प्रतिशत काम सकियो भनेर मन्त्रालयले भने पनि मुख्य काम अझै बाँकी रहेको बताए। उनले पनि सरकारले जनतालाई झुक्याएको आरोप लगाए। 

‘तत्काल विशेष प्रक्रियामा नगए तीन वर्ष नभई मेलम्चीको पानी राजधानीमा आउँदैन,’बैठकमा मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेलले भने  ‘मन्त्रिपरिषद्बाट निर्णायक कदम चाल्न ढिलाइ भएको छ।’आयोजनाको पछिल्लो अवस्थाबारे उनले जानकारी गराएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।