बिहीबार, साउन १४, २०८३

सरकारविरुद्ध तरुण दलको धनगढीमा बृहत् प्रदर्शन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी – सरकार विरुद्ध नेपाल तरुण दलले सोमबार धनगढीमा बृहत् बिरोध प्रदर्शन गरेको छ। सरकारले बढ्दो महंगी, भ्रस्टाचार नियन्त्रण गर्न नसकेको र शान्ती सुरक्षा कायम गर्न नसकेको बिरोधमा तरुण दलले बिरोध प्रदर्शन गरेको हो। 

धनगढीको ट्राफिक चौराहबाट सुरु भएको बिरोधको मूल नारा कम्युनिष्ट सरकारको चमत्कार, महंगी बलात्कार र भ्ष्टाचार रहेको छ। जुलुसमा डाक्टर गोबिन्द केसीको माग पूरा गर, महंगी नियन्त्रण गर, शान्ति सुरक्षा कायम गर, निर्मलालाई न्याय देलगायतका नारा लगाइएका थिए। 



जुलुस पार्क मोडमा पुगेर कोण सभामा परिणत भएको छ। कोण सभालाई तरुण दलका अध्यक्ष जितजंग बस्नेतलगायतले संबोधन गर्ने कार्यक्रम रहेको तरुण दलले जानकारी दिएको छ। बिरोध जुलुसमा सहभागी हुन ९ वटै जिल्लाबाट तरूणलगायत नेपाली कांग्रेसका नेता कार्यकर्ता धनगढी पुगेका छन्।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।