बिहीबार, साउन १४, २०८३

बालिकालाई किचेर ज्यान लिएपछि सात टिपरमा आगजनी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
विराटचौक (मोरङ) – उत्तरी मोरङको बिराटचौक र बेलेपुर बिचमा पर्ने सिसौघारीमा ११ वर्षीय बालिकालाई टिपरले किचेर मारेपछि स्थानीयहरु आक्रोसित भएका छन्। आक्रोसित स्थानीयले विराटचौक क्षेत्रमा सात वटा टिपरमा आगजनी गरेका छन्।

विराटनगरतर्फ जाँदै गरेको ना ३३ ख ३३५५ नम्बरको टिपरले स्कुले बालिका लक्ष्मी ढकाललाई आज बिहान साढे आठ बजे तिर किचेर मारेको थियो। प्रदेश १ ट्राफिक प्रहरी कार्यालयले हरेक दिन ९ बजेदेखी ११ बजेसम्म टिपर कुदाउन निषेधित गरेको ठिक आधा घन्टा अगाडि बालिकालाई टिपरले किचेको हो। 

स्कुलले बालिकालाई टिपरले मारेपछि आक्रोसित स्थानियले सडकमा गुड्दै गरेका र पार्किङ गरेका टिपरमा समेत आगजनी गरेका छन्। आक्रोसित स्थानीयले ठक्कर दिने टिपर सहित अन्य ७ टिपर र एउटा ट्रकमा समेत आगजनी गरेका  छन । 

प्रशाशनको निशेधाज्ञा तोडेर धर्ना बस्दै स्थानीय

टिपरले ठक्कर दिएर स्थिति तनवग्रस्त बनेपछि स्थानीय प्रशाशनले निशेधाज्ञा जारी गरेको छ। घटनाक्षेत्र हेर्ने इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक रामजी दाहालले स्थितिलाई नियन्त्रणमा लिन निशेधाज्ञा जागि गरेको बताएका थिए। प्रशाशनले बिराटचोक बजारदेखी विराटनगरतर्फ जाने सडकको बेलेपुरसम्म निशेधाज्ञा जारी गरेको हो।

तर, स्थानीय भने प्रशाशनको निशेधाज्ञा अवज्ञा गर्दै मुख्य सडकमै धर्नामा बसेका छन्। बारुण यन्त्रबाट टिपरमा लागेको आगो निभाउन पनि स्थानियले अबरोध गरेका छन्। मृतकको लाश उठाउन पनि प्रदर्शनकारीले दिएका छैनन्।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।