आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • टाटा 'एक्सप्रेस(टी' का लागि भक्तपुरमा नयाँ सर्भिस सेन्टर, सर्भिसिङ र फास्ट चार्जिङ एकै ठाउँमा

टाटा 'एक्सप्रेस(टी' का लागि भक्तपुरमा नयाँ सर्भिस सेन्टर, सर्भिसिङ र फास्ट चार्जिङ एकै ठाउँमा

 |  आइतबार, कात्तिक १६, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १६, २०८२

काठमाडौं -टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आफ्नो लोकप्रिय विद्युतीय ट्याक्सी ‘एक्सप्रेस(टी’ का ग्राहकहरूलाई लक्षित गर्दै भक्तपुरको सल्लाघारीमा नयाँ डेडिकेटेड सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ।काठमाडौं उपत्यकामा एक्सप्रेस(टीको बढ्दो उपस्थितिलाई ध्यानमा राख्दै ग्राहकलाई सहज र छरितो सेवा दिन यो केन्द्र खोलिएको हो।

यस सर्भिस सेन्टरमा अत्याधुनिक उपकरणबाट सर्भिसिङको सुविधाका साथै फास्ट चार्जिङ स्टेसन पनि उपलब्ध छ। अब सर्भिसिङ र चार्जिङ दुवै सुविधा एकै ठाउँमा पाइने हुँदा ग्राहकको समय, ऊर्जा र खर्च बचत हुने कम्पनीले विश्वास लिएको छ।

भक्तपुरको यो नयाँ केन्द्रसँगै सिप्रदीले काठमाडौंको बालकुमारी र गोंगबुमा पनि ‘एक्सप्रेस–टी’ का लागि डेडिकेटेड सर्भिस सेन्टर सञ्चालन गरिरहेको छ। यसका साथै, उपत्यका र बाहिरका विभिन्न ११ स्थानमा फास्ट चार्जिङ स्टेसनहरू पनि सञ्चालनमा छन्, जसले विद्युतीय ट्याक्सी सञ्चालनलाई थप प्रभावकारी बनाएको छ।

‘एक्सप्रेस(टी’ विद्युतीय ट्याक्सी आफ्नो आधुनिक डिजाइन, सुरक्षा र कम सञ्चालन लागतका कारण बजारमा लोकप्रिय छ। फराकिलो भित्री भाग, ठूलो बुट स्पेस र बलियो संरचनाले गर्दा यो ट्याक्सी सञ्चालक र यात्रु दुवैको रोजाइमा परेको छ।

कम्पनीले यस ट्याक्सीको खरिदमा एक वर्षको निःशुल्क बीमा, तीन वर्षसम्मको निःशुल्क सर्भिसिङ, र ब्याट्री तथा मोटरमा १ लाख ६० हजार किलोमिटरसम्मको वारेन्टीसमेत प्रदान गर्दै आएको छ।

प्रकाशित: Nov 02, 2025| 14:05 आइतबार, कात्तिक १६, २०८२
प्रतिक्रिया दिनुहोस्