बुधबार, फागुन २७, २०८२

संविधानका कयौं दफाहरूले भ्रष्टाचारलाई प्रसय दिएको छ : भीम रावल

 |  शनिबार, कात्तिक १५, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १५, २०८२

काठमाडौं । मातृभूमि जागरण अभियान नेपालका संयोजक भीम रावलले हालको संविधानका धेरै कुराहरू खारेज गर्नुपर्ने बताएका छन्।

National life

शनिबार देश बचाउ देश संमृद्व बनाउ नामक नागरिक समाजले आयोजना गरेको नागरिक समाज र जेनजीहरुको रचनात्मक संवादमा बोल्दै उनले जेनजी पुस्ताले भष्ट्राचार जस्तो महामारीको शल्यक्रिया गर्नुपर्ने भन्दै त्यसका लागि संविधान संशोधन गर्नुपर्ने बताएका हुन्।

उनले भने, ‘प्रधानमन्त्रीले भनेको मैले सुनेको छु–हामी यो संविधानमा दाँयाबाँया गर्दैनौ। तपाई शल्यक्रिया कसरी गर्नुहुन्छ? प्रौण पुस्ताको भएर भनिरहेको छु, यो संविधानको कयौ कुराहरु खारेज हुनुपर्छ।’

उनले भ्रष्टाचारको जड नेताहरु मात्र नभई स्थानीय तहका तल्लो निकायसम्म  महामारीको रुपमा फैलिएको बताए। उनले त्यसलाई निर्मूल पार्न उखेल्नलाई जेनजी अर्थात युवा पुस्ताले काम गर्नुपर्ने बताए।  

‘भ्रष्टाचारको जडको नेताहरुमा मात्र देख्नु भएको छ। नेताहरुलाई कारवाही त गर्नैपर्छ। यसमा विवाद छैन् तर वडादेखि विकास समितिका प्रत्येक क्षेत्रमा भ्रष्टाचार महामारीको रुपमा फैलिएको छ,’  उनले थप भने, ‘यसको जरो उखेल्नलाई शल्यक्रिया जरुरी छ। आजको जेनजी अर्थात युवा पुस्ताले शल्यक्रिया गर्न तयार हो कि हैन, मेरो प्रश्न छ।’ 

Laxmi sunrise bank
kumari

उनले यो संविधानका कयौं दफाहरुले भ्रष्टाचारलाई प्रसय दिएको समेत बताए। यस्तै, उक्त कार्यक्रममा बोल्दै डा. भोला रिजालले देशमा परिवर्तन गर्ने एउटा पुस्ताको आशा गरेको अहिले पूरा भएको भन्दै जेनजी पुस्तालाई आभार प्रकट गरे।

प्रकाशित: Nov 01, 2025| 19:08 शनिबार, कात्तिक १५, २०८२
प्रतिक्रिया दिनुहोस्