शुक्रबार, साउन १५, २०८३

एमालेको ११औं महाधिवेशन काठमाडौंमै हुने   

 |  शनिबार, कात्तिक १५, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १५, २०८२

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले मंसिरमा हुन लागेको ११औं महाधिवेशन स्थल परिवर्तन गरेको छ।

शनिबार गुण्डुमा बसेको सचिवालय बैठकले मंसिरमा हुने महाधिवेशन अब काठमाडौंमै गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए।

उनले बैठकपछि सञ्चारकर्मीहरुलाई जानकारी दिँदै भने, ‘नेकपा एमालेको सचिवालय बैठकले मुख्यतया तीनवटा महत्वपूर्ण निर्णयहरु गरेको छ। पहिलो एजेण्डा चाँही पार्टीको ११औं राष्ट्रिय महाधिवेशन आगामी मंसिर २७ गतेदेखि २९ सम्म गर्ने निर्णय  गरि नै सकेको छ। त्यो  निर्णयलाई थप जोड दिँदै केन्द्रीय सचिवालयको बैठकले महाधिवेशनको स्थल भने परिवर्तन गरेको छ। अब ११औँ महाधिवेशन पोखराको सट्टामा काठमाडौंमा आयोजना गरिनेछ।’

यसअघि एमालेले महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको थियो। उपमहासचिव ज्ञवालीले ६ लाख ६७ हजार ६३० पार्टी सदस्यबाट विभिन्न अनुपातमा प्रतिनिधि चयन गरिने बताए। 

उनले प्रतिनिधि चयन मंसिर १३ गते शनिबार देशभर एकै दिन हुने बताए। प्रतिनिधिको विवरण मंसिर १५ गते साँझसम्म केन्द्रीय कार्यालयमा पठाइसक्नुपर्ने उनले बताए। 

प्रकाशित: Nov 01, 2025| 19:04 शनिबार, कात्तिक १५, २०८२
प्रतिक्रिया दिनुहोस्