बिहीबार, साउन १४, २०८३

आठ लेनको कोटेश्‍वर-कलंकी सडक हस्तान्‍तरण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं– कोटेश्वर–कलंकी सडक सरकारलाई हस्तानत्रण गरिएको छ। २०१८ डिसेम्बर १५ मा सम्पन्न उक्त सडकखण्ड औपचारिक रुपमा सोमबार हस्तान्त्रण गरिएको हो।

१०.३९ किलोमिटर लम्बाइ रहेको आठ लेनको सडकखण्ड चिनियाँ अनुदान सहयोगमा चिनियाँ ठेकेदार कम्पनी सांघाई कन्स्ट्रक्सनले निर्माण गरेको हो। नेपालकोतर्फबाट सडक निर्माणको समन्वय काठमाडौं चक्रपथ विस्तार आयोजनाले गरेको थियो।

आयोजनाका इन्जिनियर निरञ्जन अर्याल शर्माले सो सडक खण्डमा आठ ओटा ‘मोटरेवल पुल’ र तीन ठाँउमा आकाशे पुल निर्माण गरिएको बताए। सडकखण्ड औसत ३८ दशमलव पाँच मिटर फराकिलो छ। ‘सन् २०१३ देखि सुरु भएको कोटेश्वर–कलंकी सकड निर्माण कार्य २०१८ डिसेम्बर १५ मा सम्पन्न भएको हो,’ उनले भने ‘अयोजना सम्पन्न भएसँगै अधिकांश चिनियाँ ठेकेदार फर्किसकेका छन्।’ 

हस्तान्त्रण कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले समयमै अयोजनाको काम सम्पन्न गरेकोमा चिनियाँ ठेकेदारप्रति आभार प्रकट गरे। उनले पछिल्लो समय सडक निर्माणमा देखिदै आएको पोल तथा पाइप हटाउने समस्या पनि सुल्झिने प्रतिवद्धता व्यक्त गरे। ‘यसरी नै दोस्रो फेज कलंकी–महाराजगन्जको सडकखण्डको समेत निर्माण कार्य अघि बढाउनुहोस्,’ उनले भने। 

कोटेश्वर–कलंकी सडकखण्ड भुकम्पनले तथा नाकाबन्दीको असरको कारण डिसेम्बरसम्म म्याद थपिएको हो।

ठेक्का सुुरु भएको ४० महिनामा काम सक्ने गरी ठेक्का सम्झौता भएको थियो। ०७२ सालको भूकम्प र त्यपछिको नाकाबन्दीले करिव एक वर्ष सडक निर्माणको काम रोकिएको थियो। त्यसपछि सरकारले पछिल्लो पटक एक वर्ष म्याद थपेको इञ्जिनियर शर्माको भनाइ छ। सम्पूर्ण परियोजनाको कुल लागत पाँच अर्ब रुपैयाँ हो।

अण्डर पास भदौदेखि सञ्चालन

कलंकीको अन्डर पास ०७५ भदौ १ बाट अनौपचारिक रुपमा सञ्चालनमा आएको हो। अन्डर पास सवारी चल्ने अवस्था भइसकेको भन्दै खुलाएको चक्रपथ विस्तार आयोजनाका प्रमुख प्रकाशचन्द्र भण्डारीले जानकारी दिएका थिए।

उनले त्यसबेला कलंकीमा हुने जामलाई मध्यनजर गरेर नेपालकै पहिलो अन्डर पास सुरुङ अनौपचारिक रुपमा सञ्चालन भएको बताएका थिए। 

नेपालको पहिलो आठ लेनको सडक र पहिलो पटक सञ्चालन आएको ‘अण्डर पास’ सडकलाई महत्वपूर्ण रुपमा हेरिएको छ। उक्त अण्डर पासको लम्बाइ आठ सय मिटर छ।

अन्डर पास माथि र मुनिका फोर लेनमा गाडी गुड्नेछन्। खसी बजारदेखि स्वयम्भु हुँदै चल्ने गाडीहरू अन्डर पास मुनिबाट र थानकोटदेखि टेकु हुँदै रत्नपार्क चल्ने गाडी माथिबाट गुड्ने छन्। 

अन्डर पासको औपचारिक उद्घाटन तथा हस्तान्तरण लगायत सम्पूर्ण परियोजनाको काम सम्पन भएपछि डिसेम्बर १५ मा गर्ने तयारी भएपनि केही ढिलो गरी जनवरीमा भएको हो।

अन्डरपास सन् २०१६ मा निर्माण थालिएको थियो। चिनियाँ कम्पनी ‘दी थर्ड रेल्वे एन्ड डिजाइन इन्स्टिच्युट ग्रुप कर्पोरेसन’को डिजाइनअनुसार चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सनले निर्माण गरेको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।