शुक्रबार, कात्तिक १४, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • नियमित महाधिवेशन मिति तोकौं, नसके केन्द्रीय समिति भंग गरौं : नेता शाही

नियमित महाधिवेशन मिति तोकौं, नसके केन्द्रीय समिति भंग गरौं : नेता शाही

 |  शुक्रबार, कात्तिक १४, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १४, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महासमिति सदस्य पुष्पकुमार शाहीले मंसिरमा हुने गरी पार्टीको १५औं नियमित महाधिवेशन मिति तय गर्न आग्रह गरेका छन्।

Kumaribank

कांग्रेसमा महाधिवेशनबारे चर्को रस्साकस्सी चलिरहेको बेलामा शुक्रबार काठमाडौंको धुमबाराहीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता शाहीले यस्तो धारणा सार्वजनिक गरेका हुन्।

‘केन्द्रीय समिति बैठक पनि बसिरहेको छ। अहिलेसम्म कार्यतालिका पेस हुन सकेको छैन। नियमित महाधिवेशनको मिति आएको अवस्थामा विशेष महाधिवेशनको औचित्य छैन। केन्द्रीय समिति बैठकले मंसिरमा हुने गरी नियमित महाधिवेशनको मित तय गरोस्,' उनले भने।

महाधिवेशन अवधि चार वर्ष नपुग्दै ४० प्रतिशत प्रतिनिधिले हस्ताक्षर गर्दै विशेष महाधिवेशनको माग गरेमा त्यो विधानतः लागू गर्नु पर्ने भए पनि हाल महाधिवेशनको अवधि चार वर्ष नाघिसकेकाले विशेष महाधिवेशनको हल्ला फैलाउनु र त्यसका पक्षमा हस्ताक्षर गर्नुको कुनै अर्थ नरहेको उनले बताए।

'१४औं महाधिवेशनको चार वर्ष नाघिसकेको छ। अब नियमित महाधिवेशन गर्दा आकाश खस्ने होइन। हस्ताक्षरका नाममा जग हँसाइ गर्नु हुँदैन,' उनले भने, 'विशेष महाधिवेशनको आवाज उठाउनेमा एक जना सत्ताको चास्नी चाख्न नपाएका र अरू सबै पदमा आसीन भएर सत्ताको रजगज लिइसक्नु भएका नेताहरू हुनुहुन्छ। चुनाव नजितेका एक नेताले पार्टीदेखि विरक्त भएर म पार्टी छोड्छु होला भनेर सामाजिक सञ्जालमा लेख्नु भएको थियो। उहाँको एउटै उद्देश्य हो आए आँप न आए झटारो। तर, उहाँ बाहेकका विशेष महाधिवेशनको माग गर्ने टेस्टेडहरू सबै कम्तीमा एक पटक कुलिङ पिरियडमा बस्नुस्। कांग्रेस तपाईंहरूको बिर्ता वा पैतृक सम्पत्ति होइन,' उनले चेतावनी दिँदै भने।

Metro Mart

आफूहरूको जीवन पनि कांग्रेस निर्माणमै समर्पित भएको उनले बताएका छन्। आफूहरू पनि नेतृत्व लिन सक्षम भइसकेको र जीवन राजनीति तथा समाज सेवामा अर्पित भएको उनले बताए। 'त्यसैले अब अवसर नपाएका व्यक्तिहरूलाई पार्टी र तीनवटै तहका सरकारमा सहभागी हुने अवसर दिनुस्। अनि मात्र पार्टी, लोकतन्त्र र राष्ट्रियता बलियो हुन्छ,' उनले भने।

उता संस्थापन इतर पक्षधर नेताहरूले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर विशेष महाधिवेशनको मागसहित केन्द्रीय कार्यालयमा बुझाइसकेका छन्।

प्रकाशित: Oct 31, 2025| 16:40 शुक्रबार, कात्तिक १४, २०८२
प्रतिक्रिया दिनुहोस्