काठमाडौ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभाको बैठक पनि अवरुद्ध गरेको छ। सरकारले प्रतिनिधिसभाबाट जर्वजस्ती राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेको विरोधमा कांग्रेसले सोमबारको बैठक अवरुद्ध गरेको हो ।
राष्ट्रिय सभाको बैठक सुरु हुना साथ कांग्रेसले विरोध गरेपछि अध्यक्ष गणेश तिमल्सिनाले कांग्रेसका सांसद् बद्री पाण्डेलाई बोल्ने समय दिएका थिए । उनले बोल्ने क्रममा सरकारले हेपाहा प्रवृति देखाएको र विपक्षीलाई पेल्ने काम गरेको भन्दै आक्रोश पोखेका थिए ।
उनी बोले लगतै कांग्रेसका सांसदहरु सिटबाट उठेर बिरोध जनाए ।
करिब पाँच मिनेट सांसदहरु उभिरहेपछि अध्यक्ष तिमल्सिनाले बैठक स्थगित गरेका छन् । बैठक १५ मिनेका लागि स्थगित भएको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४