बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • युएस बंगला दुर्घटनामा नयाँ खुलासा : पाइलट डिप्रेशनमा थिए

युएस बंगला दुर्घटनामा नयाँ खुलासा : पाइलट डिप्रेशनमा थिए

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- ५१ जनाले ज्यान गुमाएको युएस बाङ्ला एयरलाइन्सको जहाज दुर्घटनामा पाईलट सहित  चालक दल दोषी रहेको जाँचबुझ आयोगले निष्कर्ष निकालेको छ । आयोगले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई बुझाएको प्रतिबेदनमा यस्तो उल्लेख छ। 

दुर्घटनामा ४७ यात्रु र ४ चालक दलका सदस्यको ज्यान गएको थियो । तीमध्ये २८ जना बंगलादेशी, २२ जना नेपाली र १ चिनियाँ थिए । ६७ यात्रु रहेको जहाजमा २ जना क्याबिन र फ्लाइट क्रिउका २ सदस्य थिए । 

२८ फागुन ०७४ मा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमै भएको दुर्घटनालगत्तै पूर्वसचिव यज्ञप्रसाद गौतमको अध्यक्षतामा गठित सातसदस्यीय आयोगले क्याप्टेन अविद सुल्तान मुख्य दोषी रहेको निष्कर्ष निकालेको छ । आयोगले चालक दलका सदस्य पनि दुर्घटनाका दोषी भएको प्रतिवेदनमा उल्लेख गरेको छ । 

ढाका-काठमाडौं उडानमा रहेको उक्त जहाजका चालक दलका सदस्य आफ्नो दिशा र अवस्थाबारे पूर्ण रूपमा अनभिज्ञ भएकोले  दुर्घटना भएको प्रतिवेदनमा उल्लेख छ । जहाजले लिनुपर्ने ‘रन वे’लाई सही तरिकाले ‘फलो’ गर्न नसकेको र अन्तिम समयसम्म पनि रन वेमा ल्याउने कुनै प्रयत्न नगरेको निष्कर्ष छ । 

 । प्रतिवेदनअनुसार उडान सञ्चालनको स्थापित मापदण्ड चालक दलले उल्लंघन गरेको निष्कर्ष निकालेको छ।  । चालक दल र उडान सञ्चालन गर्ने अफिसरबीच समन्वयको अभाव देखिँदा क्याप्टेनले उच्च तनाव, फ्रस्टेसन र आवेगको सामना गर्नुपरेको प्रतिवेदनमा उल्लेख छ । 

त्यस्तै, स्पष्ट सञ्चार हुन नसकेको विषयलाई पनि आयोगले दुर्घटनाको कारणमा समेटेको छ । आयोगले जहाजमा दुर्घटना हुन सक्ने कुनै पनि किसिमको कारण नभेटेको प्रतिवेदनमा उल्लेख गरेको छ । उसले दुर्घटनाको कारण सम्भव भएसम्म खोजी गरेको बताएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।