शुक्रबार, पुस १८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • वीरगञ्ज नाकाबाट तीन महिनामा ३८ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज नाकाबाट तीन महिनामा ३८ अर्बको पेट्रोलियम पदार्थ आयात

 |  बिहीबार, कात्तिक १३, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १३, २०८२

पर्सा- चालु आर्थिक वर्षको तीन महिनामा वीरगञ्ज नाका भएर रु ३८ अर्ब नौ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयातबाट रु १६ अर्ब १२ करोड राजस्व सङ्कलन भएको छ।

National life

वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा रकमको आधारमा पाँच थरिका पेट्रोलिम पदार्थको आयातमा रु एक अर्ब छ करोड रकमले कमी आएको आएको छ। 

जबकी गत आवको तीन महिनाको अवधिमा भने रु ३९ अर्ब १५ करोड मूल्य पर्ने पेट्रोलियम पदार्थको आयात हुँदा १६ अर्ब सात करोड राजस्व सङ्कलन भएको छ। भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको तीन महिनामा पेट्रोलियम पदार्थको आयातमा केही कमी आएको बताए।

वीरगञ्ज भन्सार कार्यालयका चालु आवको असोज मसान्तसम्म रु १५ अर्ब ७२ करोड मूल्य पर्ने एक लाख ७४ हजार ९२४ किलोलिटर डिजेल आयात भएको छ। सो डिजेल आयातबाट रु छ अर्ब ९६ करोड राजस्व सङ्कलन भएको छ। 

चालु आवको तीन महिनामा रु १० अर्ब ७२ करोड मूल्य पर्ने एक लाख २५ हजार ३८० किलोलिटर पेट्रोल आयात भएको छ। सो पेट्रोल आयात हुँदा रु सात अर्ब नौ करोड राजस्व सङ्कलन भएको छ। चालु आवको तीन महिनाको अवधिमा रु सात अर्ब ४९ करोड मूल्य पर्ने सात करोड ३९ लाख ७७ हजार दुई सय ७१ किलोग्राम एलपि ग्यास आयात भएको छ।

Laxmi sunrise bank

प्रकाशित: Oct 30, 2025| 14:51 बिहीबार, कात्तिक १३, २०८२
प्रतिक्रिया दिनुहोस्