बिहीबार, साउन १४, २०८३

चिकित्सा शिक्षा विधेयक राष्ट्रिय सभामा पेस गरिँदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं – राष्ट्रिय सभामा आज चिकित्सा शिक्षा विधेयक टेबल हुने भएको छ। गत शुक्रबार संघीय संसदको प्रतिनिधि सभाबाट पारित विधेयक आज राष्ट्रिय सभामा पेस हुन लागेको हो। बैठक सोमबार बिहान ११ बजेका लागि डाकिएको छ।

प्रतिनिधि सभाबाट पारित विधेयक राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले बैठकमा टेबल गर्ने कार्यसूची रहेको छ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने बैठकमा अवरोध गर्ने तयारी गरेको छ। नेपाली कांग्रेसका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेका अनुसार राष्ट्रिय सभा बैठकमा कांग्रेसले अवरोध गर्ने छ। 

कांग्रेसले पूर्वप्रधानमन्त्रीहरू गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा स्थापित अस्पताल केन्द्र मातहत राख्नुपर्ने माग राखे्र संसदमा अवरोध गर्दै आएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।