शुक्रबार, साउन १५, २०८३

निर्वाचन पर्यवेक्षणका लागि निवेदन दिन आयोगको आह्वान

 |  मंगलबार, कात्तिक ११, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ११, २०८२

काठमाडौं । निर्वाचन आयोगले फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थाहरूलाई निवेदन पेश गर्न आह्वान गरेको छ।

मंगलबार सूचना जारी गर्दै आयोगले पर्यवेक्षण अनुमतिका लागि आवश्यक कागजातसहितको निवेदन १५ दिनभित्र पेश गर्न आह्वान गरेको हो।

पर्यवेक्षण अनुमतिका लागि निवेदन दिँदा काठमाडौं उपत्यकाको हकमा निर्वाचन आयोगमै निवेदन सकिने र अन्य जिल्लाको हकमा सम्बन्धित प्रदेश निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन सकिने आयोगले जनाएको छ।

निवेदकले संस्था दर्ताको प्रमाणपत्रको प्रतिलिपि, संस्थाको विधानको प्रतिलिपि, संस्था नविकरण भएको निस्साको प्रतिलिपिले निवेदनसँगै पेश गर्नुपर्नेछ।

यस्तै निवेदनका साथमा संस्थाको कार्य समितिका पदाधिकारीको नामावली, राष्ट्रिय/अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षणको अनुभव भए सो को प्रमाण, पर्यवेक्षण सम्बन्धमा संस्थाले तयार पारेको ब्रोसर, पुस्तिका, निर्देशिका वा अन्य कुनै प्रकाशन भए सो को प्रति समेत निवेदनसँगै पेश गर्नुपर्नेछ।

यस्तै यसअघिको निवार्चन पर्यवेक्षण गरेको भए आयोगमा निर्वाचन पर्यवेक्षण प्रतिवेदन बुझाएको प्रमाणसमेत पेश गर्नुपर्ने आयोगले जनाएको छ।

आयोगका अनुसार निर्वाचन सम्बन्धी कसूर गरी वा निर्वाचन आचारसंहिता उल्लघंन गरी सजाय पाएको संस्था वा यसअघि निर्वाचन पर्यवेक्षणका लागि अनुमति प्राप्त गरी पर्यवेक्षण पेश नगर्ने संस्थालाई अनुमति दिइने छैन।

election-commission-ObserverNotice-1448x2048-1761655826.jpg
 

यस्तै पर्यवेक्षकले आफ्नो स्थायी बसोबास भएको वा मतदाता नामावलीमा नाम समावेश भएको क्षेत्रमा पर्यवेक्षणको अनुमति पाउने छैनन्।

प्रकाशित: Oct 28, 2025| 18:36 मंगलबार, कात्तिक ११, २०८२
प्रतिक्रिया दिनुहोस्