बिहीबार, साउन १४, २०८३

चिकित्सकले थाले रिले अनसन : डा केसीलाई बचाउन अपिल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाल चिकित्सक संघले देशव्यापी रिले अनसन सुरु गरेको छ । सरकारले डा केसीको मागलाई वेवास्ता गरेको भन्दै चिकित्सकहरुले आन्दोलन सुरु गरेका हुन् । 

आन्दोलन स्वरुप देशव्यापी रुपमा रिले अनसन थालिएको संघका वरिष्ठ उपाध्याय ढुण्डीराज पौडेलले जानकारी दिए । अनसन हरेक दिन बिहान १० बजेदेखि ५ बजेसम्म चल्ने छ । काठमाडौं उपत्यकाका चिकित्सक तथा स्वास्थ्यकर्मी त्रिवि शिक्षण अस्पताल बाहिर रिले अनसनमा बसेका छन् भने उपत्यका बाहिरका स्वास्थ्यकर्मीहरु अस्पताल हाता बाहिर अनसन सुरु गरेका छन् । 

संघले सरकारलाई डा केसीको जीवन रक्षाका लागि वार्ता समिति गठन गर्न ७२ घण्टे समय सिमा दिएको थियो । उक्त अवधीमा पनि सुनुवाई नभएपछि आन्दोलनको घोषणा गरेको हो । आइतबार आकस्मिक बैठक बसेर संघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो । 

नागरिक अगुवाको पनि दवाव

नागरिक समाजका अगुवाले राष्ट्रिय सभामा भोली टेबुल हुने क्रममा रहेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई डा. केसीसँग भएका सम्झौताका बुँदा उल्लेख गरेर मात्र पारित गर्न माग गरेका छन् । 

त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा, पूर्व प्रधानन्यायाधीश सुशिला कार्की, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष स्वर्णीम वाग्ले लगायतका २७ जना अगुवाले विज्ञप्ती जारी गर्दै अनसनरत डा. केसीको माग सुनुवाईका लागि ध्यानाकर्षण गराएका हुन् ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।