बिहीबार, साउन १४, २०८३

दाङमा पशुलाई पनि बाँडियो सुत्केरी भत्ता 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
लमही- दाङको तुलसीपुर उपमहानगरपालिका–१८मा पशु सुत्केरी भत्ता उपलब्ध गराउनुका साथै विपद् पीडितका परिवारलाई राहत पनि वितरण गरिएको छ । 

तुलसीपुर उपमहानगरपालिका–१८ हेमन्तपुरमा आइतबार आयोजित कार्यक्रममा वडा कार्यालयले पहिलो पटक पशु सुत्केरी भत्ता वितरण शुरु गरेको हो । व्यावसायिक पशुपालनमा लागेकालाई प्रोत्साहनस्वरुप एक सुस्तेकरी पशुकोे रु ५०० का दरले भत्ता वितरण गरिएको वडाध्यक्ष माधव वलीले बताए । 
 
यसैगरी आगोलागीमा परी भवन पूर्ण क्षति भएका गेहेन्द्रबहादुर खत्री र राजकुमार नेपालीलाई जनही रु ३५ हजार, आंशिक भवन क्षति भएका टोपबहादुर वलीलाई रु २० हजार, जपधन बुढामगर,सामान्य क्षतिभएका पहलवीर खड्का र देवबहादुर खड्कालाई जनही रु १५ प्रदान गरिएको थियो । रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।