आइतबार, वैशाख २०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सिटिजन लाइफ इन्स्योरेन्सको आठौं वार्षिकोत्सवमा देशव्यापी विविध कार्यक्रम गरी मनायो

सिटिजन लाइफ इन्स्योरेन्सको आठौं वार्षिकोत्सवमा देशव्यापी विविध कार्यक्रम गरी मनायो

 |  आइतबार, कात्तिक २, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २, २०८२

काठमाडौँ-सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो आठौं वार्षिकोत्सव देशभरका शाखा कार्यालयहरूमा विविध सामाजिक उत्तरदायित्व कार्यक्रमहरूका साथ मनाएको छ।स्थापना कालदेखि नै समाजप्रति उत्तरदायी बीमा संस्था बन्ने लक्ष्यका साथ अघि बढेको कम्पनीले यस अवसरमा स्थानीय समुदायसँग नजिकिँदै सकारात्मक प्रभाव पार्ने विभिन्न कार्यक्रम सञ्चालन गरेको हो।

National life

वार्षिकोत्सवको मूल विषयका रूपमा कम्पनीले यस वर्ष 'विविधता र समावेशीकरण दिवस'मनाएको छ। यस अन्तर्गत कर्मचारीहरूले आफ्ना सांस्कृतिक भेषभूषा र परम्परालाई प्रस्तुत गर्दै कार्यस्थलमा एकता, सद्भाव र परस्पर सम्मानको सन्देश प्रवाह गरेका छन्, जसले सिटिजन परिवारभित्रको सांस्कृतिक समृद्धि र सहअस्तित्वलाई सुदृढ पारेको कम्पनीले जनाएको छ।

सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले देशभर १६ स्थानमा रक्तदान कार्यक्रम, ६ स्थानमा बीमा सचेतना र्‍याली तथा घर-घरमा बीमा जानकारी अभियान, ३ स्थानमा सरसफाइ र डस्टबिन हस्तान्तरण, ११ स्थानमा अनाथ बालबालिकालाई शैक्षिक सामग्री वितरण, १ स्थानमा निःशुल्क स्वास्थ्य शिविर, १० स्थानमा विपन्न बालबालिकालाई न्यानो कपडा वितरण, र ७ स्थानमा ३५० बिरुवा रोपण कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमका क्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले भने, 'हाम्रो आठौं वार्षिकोत्सव केवल उत्सव होइन, समाजसँगको सम्बन्ध पुनः पुष्टि गर्ने अवसर हो। हामी विश्वास, विविधता र सामाजिक उत्तरदायित्वका माध्यमबाट सुरक्षित जीवन र समृद्ध भविष्यको यात्रातर्फ अघि बढिरहेका छौँ।'

कम्पनीले पछिल्ला आठ वर्षमा ग्राहकको विश्वास, साझेदारहरूको साथ र कर्मचारीहरूको समर्पणलाई आधार मानेर बीमा सेवाको पहुँच विस्तार, डिजिटल सुधार, तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तर अघि बढाउँदै आएको छ। भविष्यमा पनि बीमा सचेतना, स्वास्थ्य, शिक्षा, वातावरण र समावेशी विकासका क्षेत्रमा योगदान पुर्‍याउने प्रतिबद्धता कम्पनीले जनाएको छ।

सिटिजन लाइफले आफ्नो सफल यात्रामा साथ दिने ग्राहक, व्यवसायिक साझेदार, नियामक निकाय, सञ्चालक समिति, सेयरधनी, सञ्चारकर्मी र सम्पूर्ण शुभेच्छुकप्रति आभार व्यक्त गरेको छ। कम्पनीले प्रचलित कानुन र नियमनकारी निकायका निर्देशनको पूर्ण पालना गर्दै संस्थागत सुशासन र पारदर्शितासहित व्यवसायिक लक्ष्य हासिल गर्न प्रतिबद्धता जनाएको छ।

यसै अवसरमा कम्पनीले दीपावली, नेपाल संवत् र छठ पर्वको शुभकामनासहित सम्पूर्ण नेपालीहरूको सुस्वास्थ्य, दीर्घायु र प्रगतिका लागि मंगलकामना व्यक्त गरेको छ।

प्रकाशित: Oct 19, 2025| 14:53 आइतबार, कात्तिक २, २०८२
प्रतिक्रिया दिनुहोस्