बिहीबार, साउन १४, २०८३

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- आज माघ १३ गते कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी। 

संसदमा चिप्लिएका सभामुखको उजुरी सर्वोच्चसम्म (भिडियो)

माघ ११ गते संसद् बैठकको मुड फरक थियो। राष्ट्रिय चिकित्सा विधेयक कुनै हालतमा पास गर्ने मुडमा थियो सत्ता पक्ष। कुनै पनि हालतमा पारित गर्न नदिने मुडमा थियो प्रतिपक्ष। संसद्मा दुई तिहाइ भएको सरकार पनि यसबाट किन पछि हट्थ्यो? 

रेस्टुरेन्ट बन्दैछन् 'डेटिङ स्पट'

पर्यटकीय सहर भैरहवा, लुम्बिनी, बुटवल र त्यस आसपासका सहरोन्मुख क्षेत्रमा यतिबेला रेस्टुरेन्ट संस्कृति हवात्तै बढेको छ। विभिन्न नामका लाइभ म्युजिक रेस्टुरेन्ट, डान्सबार, मसाज सेन्टर, पब हाउस, सेकुवा कर्नर, कफी हाउस तथा गजल र दोहोरी साँझ च्याउसरि खुलेका छन्।

'निर्मला पन्तको 'भेजाइनल स्वाब' संकलन नै त्रुटीपूर्ण'

राष्ट्रिय मानव अधिकार आयोगद्वारा गठित विज्ञसहितको टोलीले निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको सम्बन्धमा अनुसन्धान सम्पन्न गरी प्रतिवेदन सरकारलाई पेश गरेको छ । 


रोहितले रचेको कीर्तिमान : क्रिकेटको चम्किलो किरण 

२०१४ मा नेपालले पहिलो पटक टी-२० विश्वकप खेल्दा टेलिभिजन अगाडि बसेर विश्वकप हेर्ने लाखौ समर्थकमध्ये एक थिए रोहित पौडेल पनि। उनलाई पनि लाग्थ्यो, म पनि अर्को पारस खडका बन्न पाए हुन्थ्यो। जतिबेला उनी टोलमा टेनिस बलले क्रिकेट खेलेरै रमाइरहेका थिए। 

सरकारविरुद्ध कांग्रेस आक्रामक

नेपाली कांग्रेसले सडक र सदनबाट सरकारविरुद्ध कडा आन्दोलन गर्ने निर्णय गरेको छ। पार्टीको आइतबार जारी केन्द्रीय समिति बैठकले सरकार निरंकुश ढंगले अघि बढ्न खोजेको निष्कर्ष निकाल्दै आक्रामक आन्दोलन गर्ने निर्णय गरेको हो।

अझै हटेन तुइनको सकस

'यो तुइन यहाँका नागरिकका लागि कालसरह नै हो।’ व्यास गाउँपालिका–२ राप्ला मालका बहादुरसिँह धामीको भनाइ हो यो। तुइनबाट आवतजावत गर्ने क्रममा हरेक वर्ष यहाँ दुई-तीनजनाले ज्यान गुमाउने गर्छन्। यो यथार्थ हो। 

लथालिंग कांग्रेस : चार भ्रातृसंस्था अधिवेशनको रेकर्ड नै छैन

नेपाली कांग्रेसमा अहिले नेपाल विद्यार्थी संघको महाधिवेशनको बहस चर्को रूपमा उठिरहेको छ। तर कांग्रेसका केही भ्रातृ संगठनको महाधिवेशन आठ वर्षसम्म हुन सकेको छैन भने चारवटा भ्रातृसंस्था स्थापना भएपछि महाधिवेशन भए–नभएको रेकर्ड पार्टी कार्यालयमा छैन।

बाँस्कोटाको कमिसन प्रकरण ४ : स्याटेलाइट खरिदमा ‘गिद्धेनजर’ 

सञ्चार तथा सूचना प्रविधिमन्त्री भएपछि र आन्तरिक कमिसनको खेल थाहा पाएपछि अहिले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा प्रक्रिया मिचेर काम गर्न थालेका छन्। यसको पछिल्लो उदाहरण हो स्याटेलाइटको भाडा प्रकरण।

प्रदेश १ मा को-को बन्दैछन् नयाँ मन्त्री?

प्रदेश १ को मन्त्रीपरिषद गठन भएको ११ महिना बितिसक्दा पनि मन्त्रिमण्डलमा महिला समावेश  भएका छैनन। मुख्यमन्त्री शेरधन राई नेतृत्वको पाँच सदस्य मन्त्रिमण्डलमा महिला थप्न ‘प्रेसर’ पनि भएको नेकपा नेताहरु बताउँछन।

कर्णालीमा तरुणको शक्ति प्रर्दशन, सडकबाटै कम्युनिस्ट सरकार ढाल्ने चेतावनी

सरकारविरुद्ध नेपाल तरुण दलले कर्णाली प्रदेशमा शक्ति प्रदर्शन तथा विरोध कार्यक्रम गरेको छ। संसदबाट चिकित्सा शिक्षा विधेक पास गरेको विरुद्धमा देशव्यापी सडक संघर्ष थालेको तरुण दलले आइतबार सुर्खेतमा विरोध कार्यक्रम गरेको हो।

महिला संघको संयोजनमा कांग्रेसका भातृसंस्था सडकमा

सरकार अधिनायकवादी शैलीमा चलेको आरोप लगाउदै आज नेपाली कांग्रेस भ्रातृ संगठनहरुले संयुक्त प्रर्दशन गर्ने भएका छन्। नेपाल महिला संघको संयोजनामा कांग्रेसका भ्रातृसंगठनहरुले संयुक्त प्रर्दशन गर्न लागेको नेपाल महिला संघकी अध्यक्ष उमा रेग्मीले बताइन्।

मालपोत र नापीमा सीडीओको आकस्मिक छडके

नेपाल सरकारका मालपोत र नापी बदनाम अड्डाहरु मध्ये एक हुन्। सेवाग्रहीको अत्याधिक भिडभाड रहने यी दुबै अड्डामा कर्मचारीहरु घुसबिना कामै नगर्ने आरोप लाग्दै आएको छ। 

सर्तअनुसार काम नगरे दूरसञ्चार संस्थाको लाइसेन्स खारेज

मुलुका सञ्चालित दूरसञ्चार सेवा प्रदायक संस्थाहरुले सर्तअनुसार काम नगरे अनुमति पत्र(लाइसेन्स) खारेज गर्न सरकारलाई निर्देशन दिएको छ।

शान्तिलाई ‘मिसेस व्यूटी क्वीन’को ताज

सफल वैवाहिक जीवनका लागि आपसी समझदारी र एकअर्काको स्वतन्त्रताको सम्मान अति नै आवश्यक हुन्छ भन्ने जवाफ दिएर निर्णायकको मन जित्दै काठमाडौं धुम्बाराहीकी २९ वर्षीया शान्ति लिम्बूले ‘मिसेस ब्यूटी क्वीन’को ताज पहिरिएकी छन्।

केसीको समर्थनमा साहित्यकारहरु सडकमा

चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनरत डा गोविन्द केसीको समर्थनमा साहित्यकारहरुले माइतीघर मण्डलामा रचना वाचन कार्यक्रमको आयोजना गरेका छन्। प्रत्येक शनिबार वाल्मीकि विद्यापीठमा साहित्यीक कार्यक्रम गर्दै आएको समूहले यसपाली माइती घरमा कार्यक्रम आयोजना गरेको हो।

संयुक्त राष्ट्रसंघद्वारा भेनेजुयलाको राजनीतिक तनाव अन्त्यका लागि आह्वान

संयुक्त राष्ट्रसंघका उच्च राजनीतिक अधिकारीले शनिबार सुरक्षा परिषदमा भेनेजुयलाको राजनीतिक संकट समाधान गर्न वार्ता तथा सहकार्यको खाँचो रहेको बताएका छन्। 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।