वीरगञ्ज-आफूलाई 'फ्युचरिस्टिक'र 'इन्टेलिजेन्ट' ईभी ब्रान्ड दाबी गर्दै आएको दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले मधेश प्रदेशको प्रमुख बजार वीरगञ्जमा 'लक्जरी', 'स्टाइल' र 'टेक्नोलोजी'ले भरिपूर्ण इलेक्ट्रिक एसयूभी दिपल एस-५ सार्वजनिक गरेको छ।बुधबार आयोजित एक भव्य समारोहमा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, नायिका नीति शाहलगायतका विशिष्ट व्यक्तिहरूले संयुक्त रूपमा गाडी सार्वजनिक गरे।
सार्वजनिक भएसँगै दिपल एस५ आफ्नो लक्जरी र अत्याधुनिक प्रविधिका कारण नेपाली बजारमा चर्चित बनेको छ। यसमा विश्वकै ठूलो ब्याट्री निर्माता सीएटीएलको 'गोल्डेन सिल्ड ब्याट्री सिस्टम २.०' जडान गरिएको छ, जसले करिब ६ लाख किलोमिटरसम्मको लाइफस्पान दिन्छ।यसका अन्य प्रमुख विशेषताहरूमा आरामदायी 'भेन्टिलेटेड' सिट, रिमोटबाटै गाडी पार्किङ गर्न मिल्ने सुविधा, र ड्राइभिङसम्बन्धी जानकारी सिधै गाडीको सिसामा देखाउने ‘हेड(अप डिस्प्ले’ जस्ता प्रविधि समावेश छन्।
यसै अवसरमा वीरगञ्जमा दिपलको नयाँ ‘स्टेट अफ आर्ट’ शोरुम पनि उद्घाटन गरिएको छ। स्थानीय डिलर नोभा ब्रदर्स प्रा। लि। ले अब यस क्षेत्रमा दिपलका ईभीहरूको बिक्री तथा सेवा उपलब्ध गराउनेछ।शोरुम उद्घाटनसँगै विभिन्न अफरसहित चार दिन लामो ‘विशेष टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज’ कार्यक्रम पनि सुरु भएको छ। यस अवधिमा ग्राहकले दिपलका अन्य मोडलहरू जस्तैस दिपल एस०७, स्टाइलिस सेडान एल-०७ र अल्ट्रा(प्रिमियम लक्जरी एसयूभी अवतार ११ को पनि टेस्ट ड्राइभ गर्न सक्नेछन्।
एक्सचेन्ज कार्यक्रममा ग्राहकले आफ्नो पुरानो गाडीको उत्कृष्ट मूल्याङ्कनका साथै निश्चित दिपल मोडलमा नगद छुट, निःशुल्क रोड ट्याक्स र बीमा जस्ता सुविधा पाउनेछन्।