बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भेनेजुयलाको राजनीतिक तनाव अन्त्य गर्न संयुक्त राष्ट्रसंघको आह्वान

भेनेजुयलाको राजनीतिक तनाव अन्त्य गर्न संयुक्त राष्ट्रसंघको आह्वान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
संयुक्त राष्ट्रसंघ- संयुक्त राष्ट्रसंघका उच्च राजनीतिक अधिकारीले शनिबार सुरक्षा परिषदमा भेनेजुयलाको राजनीतिक संकट समाधान गर्न वार्ता तथा सहकार्यको खाँचो रहेको बताएका छन्। 

'हामीले भेनेजुयलाका जनताले शान्ति र सम्वृद्धि तथा मानव अधिकारको प्रत्याभूत गराउनका लागि राजनीतिक समाधान खोज्नुपर्ने अवस्था आएको छ,' राष्ट्रसंघका उच्च राजनीतिक तथा शान्तिनिर्माण मामिला अधिकारी तथा उप महासचिव रोजमेरी डिकार्लोले बताए। 

भेनेजुयलामा गत हप्ताको बुधबार विपक्षी नेता हुँवा गुइडोले आफुलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि यसबाट सिर्जित अवस्थाबारे छलफलका लागि बोलाइएको १५ सदस्यीय सुरक्षा परिषद्को बैठकमा डिकार्लोको उक्त भनाइ आएको हो। 

भेनेजुयलाको राष्ट्रपतीय निर्वाचनबाट चुनिएर आएका राष्ट्रपति निकोलास मदुरोले राष्ट्रपतिको कार्यभार पुनः सम्हालेको दुई हप्तामै प्रतिपक्षी नेता गुइडोले आफुलाई राष्ट्रपति घोषणा गरेपछि गुइडोको पक्ष तथा विपक्षमा विश्वका विभिन्न मुलुकहरूले भनाइहरू राखेका छन्। अन्तरिम राष्ट्रपतिको घोषणालाई संयुक्त राज्य अमेरिका, ब्राजिल र पेरूले समर्थन दिएका छन्। 

रूस, चीन, टर्कीलगायतका मुलुकले निर्वाचित राष्ट्रपति मदुरोप्रति नै समर्थन देखाएका छन्। यूरोपेली संघमा आबद्ध मुलुकहरूले तत्काल निर्वाचन गर्न राष्ट्रपति मदुरोलाई दवाव दिएका छन् । उनीहरूले आठ दिनभित्र निर्वाचनको मिति नतोके अन्तरिम राष्ट्रपति गुइदोलाई समर्थन गर्ने शनिबार जनाएका थिए। 

यसैबीच राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले पनि बुधबार नै आफ्ना प्रवक्तामार्फत जारी गरेको विज्ञप्तिमा भेनेजुयला लगायत दक्षिण अमेरिकी मुलुकको ‘तनाव कम गर्न’ समावेशी तथा विश्वासिलो राजनीतिक पहलको आवश्यकता रहेको बताएका थिए। 

शनिबार महासचिवले सङ्कट समाधानका लागि पुनः आफू मातहतका निकायलाई निर्देशन दिएका बताउँदै उपमहासचिव डि कार्लोले भेनेजुयलाका जनताले मानव अधिकारको पूर्णतया उपभोग गर्ने अवस्थाको वातावरण हुनु सबैको मुख्य चासोको विषय भएको बताएका हुन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।