बिहीबार, साउन १४, २०८३

‘जुत्ताको ठोक्करले उप्किने पिच नेपालमै छ’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- प्रदेश २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्तले मुलुक निर्माणको जिम्मेवारी ईन्जिनियरहरुको काँधमा आएको बताएका छन्। सामाजिक तथा प्राविधिक परिवेशमा ईन्जिनियरहरुको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै प्रदेश प्रमुख कायस्तले अध्ययनको बेला प्रयोग गरेको बुद्धि मुलुक निर्माणमा लगाउन आग्रह गरे।

नेपाल ईन्जिनियरयर्स एसोसिएसन प्रदेश २ को पहिलो अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको सपथग्रहण कार्यक्रममा बोल्दै प्रदेश प्रमुख कायस्तले भने,‘सबैले मिलेर देश र प्रदेशको विकास गर्न खोजेकै हो। तर किन हुन सकेको छैन ? यसतर्फ तपाईहरुलाई गम्भीर हुन मेरो आग्रह छ।’

‘मुलुकमा भ्रष्टाचारको विषय चर्चाको विषय बनेको छ,’ पूर्व ईन्जिनियरसमेत रहेका उनले भने,‘तोकिएको मूल्यांकनभन्दा ४० प्रतिशत तल झरेर निर्माण व्यवसायीहरु काम गर्ने गरेका छन्। उनीहरुले गरेको काम ईन्जिनियरहरुले प्रमाणित गर्दछन् । यति कम मूल्यांकनमा कसरी काम हुन सक्दछ?’

‘कतै हामीले गलत मूल्यांकन गरेका छैनौं’ उनले थपे,‘जुत्ताको ठोक्करले पिच अरु कतै पाइँदैन। यस्ता कुरा हाम्रो मुलुकमा मात्र हुँदै आएको छ।’गुणस्तरहीन निर्माणमा ईन्जिनियरहरु मात्र दोषी नरहेको भन्दै व्यवस्थापकीय त्रुटीका कारण पनि यस्तो समस्या आउने गरेको उनले बताए।

एकजना निर्माण व्यवसायीले एकैपटक ४० वटा ठेक्का लिने गरेका कारण पनि गुणस्तरीय निर्माण हुन नसकेको भन्दै प्रावधानहरुमा रहेका त्रुटीहरु सुधार गर्नुपर्नेम उनले जोड दिए । विद्धत भएकाले मुुलुक निर्माणको नेतृत्व ईन्जिनियरहरुले लिनुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य रामअशिष यादवले व्याप्त भ्रष्टाचारका कारण मुलुक विकासतर्फ अगाडी बढ्न नसकेको बताए। यसैगरी जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले सरकार बेइमान रहेकोले विकास हुन नसकेको आरोप लगाए।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।