बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्णालीमा तरुणको शक्ति प्रर्दशन, सडकबाटै कम्युनिस्ट सरकार ढाल्ने चेतावनी

कर्णालीमा तरुणको शक्ति प्रर्दशन, सडकबाटै कम्युनिस्ट सरकार ढाल्ने चेतावनी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सुर्खेत- सरकारविरुद्ध नेपाल तरुण दलले कर्णाली प्रदेशमा शक्ति प्रदर्शन तथा विरोध कार्यक्रम गरेको छ। संसदबाट चिकित्सा शिक्षा विधेक पास गरेको विरुद्धमा देशव्यापी सडक संघर्ष थालेको तरुण दलले आइतबार सुर्खेतमा विरोध कार्यक्रम गरेको हो। 

कर्णाली प्रदेशका दशवटै जिल्लाबाट सुर्खेतमा आएर तरुण दलका जिल्ला नेताहरुले सडकबाटै कम्प्युनिस्ट सरकार ढाल्ने चेतावनी दिएको छन्। कम्युनिष्टहरु तानाशाही अधिनायवादतर्फ अग्रसर रहेको भन्दै तरुणहरुको अबको लडाई कम्प्युनिष्ट शासन अन्त्यका लागि हुने उनीहरुको चेतावनी थियो।

‘अबको लडाई कम्युनिस्टहरुको अन्त्यका लागि हो।’ विरोध कार्यक्रममा बोल्दै नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले भने ‘लोकतन्त्र, गणतन्त्र र संविधान विपरित जाने कम्युनिस्टलाई देशबाट लखेट्नुपर्छ।’

देशको परिवर्तनको लागि कम्प्युनिस्टले केही गर्न नसकेको भन्दै अन्याय, अत्याचार र भ्रष्टाचारलाई प्रशय दिएको जिकिर गरे। आन्दोलनमा धनपकड र ज्यादति गर्ने प्रहरी प्रशासनको नामावली आफूसँग रहेको बताउँदै बस्नेतले भने ‘हामीले कम्युनिष्ट जस्तो गरेर भौतिक संरचनामा तोडफोड गरेर आन्दोलन गर्दैनौं, तसर्थ शान्तिपूर्ण सडक संघर्षमा प्रहरी दमन आवश्यक छैन।’

गरिव जनताको सेवाको लागि काँग्रेस नेताका नामबाट खोलिएका अस्पताललाई सरकारले उपेक्षा गरेको भन्दै बस्नेतले भने ‘केपी ओली सरकारले देशको परिवर्तनको लागि अग्रण भूमिका खेल्ने नेताहरुको इतिहाँस मेट्न खोजेको छ तसर्थ यो लडाई कम्युनिष्टसँगको अन्तिम लडाई हो।’


जंगलमा रहेको कम्युनिष्टलाई गिरीजाप्रसाद कोइरालाले नै सिंह दरबार छिराएको स्मरण गर्दै काँग्रेससँग निहुँ खोजे पुनः जंगलमै फर्कादिने चेतावनी दिए।

त्यस्तै नेपाली काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले कम्युनिस्टहरुकै कारण देशमा महगीं, हत्या, हिंसा र बलात्कारका घटना बढिरहेको बताए। विरोध सभामा बोल्ने विभिन्न जिल्लाका पार्टी सभापति, तरुण दलका जिल्ला अध्यक्षहरुले सडकबाट नै कम्युनिष्ट सरकार ढाल्ने चेतावनी दिएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।